Logo

समुदायक स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता अभियान



रौतहट, २० माघ । रौतहट जिल्लाका चन्द्रपुर नगरपालिका अन्तर्गत आज रहेको श्री मा. बि जुडीबेला, श्री महेन्द्र मा. बि. रैयाटोल, श्री ने. रा. आधारभूत खैराहा, लगायतका बारा जिल्ला को ने. रा.आधारभुत नितनपुर, श्री ने. रा. मा. बि. चक्रीय लगायतका बिधालय मा वासीन स्कुल बाल क्लब को बालबालिकाहरू द्धोरा समुदाय स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता अभियान सम्पन्न भएको छ ।

बाल क्लबको बालबालिकाहरू ले समुदाय रहेको शौचालय अनुगमन गरी सो को सरसफाइ भएको शौचालय मा पुरस्कार को रुपमा साबुन बितरण र सरसफाइ न भएको खण्ड आफै सरसफाइ गरेर जनचेतना गरेको छ।बाल क्लबका बालबालिका हरू बाट किचेगाडे बनाएको छ।

सो कार्यक्रममा युनिसेफ को आर्थिक सहयोगमा तथा छायाँ नेपाल सहकार्य मा ३ स्टार स्कुल निर्माण कार्य पनि भईरहेको छायाँ नेपाल कार्यकारी निर्देशक कमल थापाले जानकारी गराउनुभयो छ। कार्यक्रम मा छायाँ नेपाल बाट सो कार्यक्रममा टिम लिडर राम महर्जन, अशिश सिहं, प्रधानाध्यापक युगल किशोर कुमार, कमला थापा, स्टाफ नर्स खुसबु चौधरी लगायतका उपस्थिति थियो।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...