Logo

सर्लाहीको इन्दुशंकर चिनी मिलले दियो यसवर्षको उखुकोे सबै भुक्तानी, किसान दंग



सर्लाही, माघ ९ गते । उद्योगीहरुलाई उखु पाउन मुस्किल भएपछि सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरेको छ ।

गत वर्षहरुमा सर्लाहीको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका सर्लाहीकै इन्दुशंकर चिनी मिलले भने चालु सिजनकै भुक्तानी दिएपछि किसान दंग भएका छन् ।

किसानलाई भुक्तानीमा खासै झन्झट नबेहोरेको इन्दुशंकरले गत वर्षको मूल्यलाई नै आधार मानेर यस वर्ष उखु खरिद गरेको थियो। गत पुस ६ गतेबाट सञ्चालनमा आएको मिलले माघ २ गतेसम्म आउँदा करिब सात लाख १६ हजार दुई सय क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।

गत पुष १५ गतेसम्मको उखु खरिदबापत गत माघ ३ गते नै करिब १२ करोड भुक्तानी गरिसकेको र उद्योगद्वारा पुस २९ गतेसम्मको उखु खरिद गरेबापत किसानलाई दिन बाँकी सम्पूर्ण रकम बिहीबार भुक्तानी गरिएको नेपालले बताए ।

उद्योगले किसानलाई दुई पटक १२र१२ करोड र एक पटक आठ करोड गरी तीन पटकमा जम्मा ३२ करोड भुक्तानी गरिसकेको जनाएको छ । यस वर्ष सरकारले उखुको मूल्य कायम नगरे पनि गत सालको मूल्यलाई आधार मानेर मिलले भुक्तानी दिएको नेपालले जानकारी दिए ।

सरकारले पछि मूल्य तोक्दा अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरै हुन आए थप रकम पनि किसानको खातामा हालिदिने नेपालको भनाइ छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...