Logo

हिन्दु छोरीलाई मायाको जालमा पार्न एवं धर्ममाथि षड्यन्त्र गर्न देशमा ठूलो लगानी मुस्लिम र इसाई संघसंगठनले गर्दै :- संतोषानंद जी महाराज



रौतहट, २२ पुस । देशमा बढ्दो धर्म परिवर्तनले राष्ट्रमाथि ठूलो खतराको संकेत देखिएको छ ।

हिन्दू परिषद नेपाल गौर नगरपालिका कमिटी द्वारा सदरमुकाम स्थित आयोजित भेटघाट एवं संगठन विस्तार कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रिय अध्यक्ष संतोषानंद जी महाराजले सम्बोधन गर्दै यो एसियामै आफ्नो छुट्टै हिन्दूको नाताले पहिचान बनाउन सफल रहेको नेपाल जस्तो राष्ट्रलाई अहिले इसाई र मुस्लिम करण गर्न ठूलठूला नेताहरू लागि परेको छ ।

पौने ३ करोड जनसंख्या भएको सानो राष्ट्रमा हामी ९८ % प्रतिशत हिन्दू भएपनि ढेर प्रतिशत विभिन्न अन्य धर्म मान्ने व्यक्तिहरूले राजनीतिमा पैसाको चलखेल गरि सर्वसाधारण गरिबलाई पैसाको लोभ दिएर यहाँ हजारौं बर्ष देखि पशुपतिनाथ, शम्भुनाथ, गौतम बुद्ध, माता सीता र गढीमाई जस्तो विश्व प्रख्यात चिनिने स्थललाई आ-आफ्नो व्यक्ति स्वार्थमा लागेर देशको सबै दिशा परिवर्तन गर्न खोजिरहेको छ । हिन्दू धर्म संस्कृतिलाई संरक्षण गर्न समय आएको छ । अरू धर्मको एजेन्ट दलाल हामी माथि लागेकै हो तर हिन्दु भएरपनि आफ्नो सनातनी धर्ममाथी मजाक उडाउने यसको अस्तित्व नबुझे, आफ्नो सन्तानलाई हिन्दूत्वको बारेमा जानकारी नदिनेहरू पनि त्यो षड्यन्त्रकारी भन्दा कम खतरा छैन त्यसैले २४ घण्टाको समयमा म को हु, मेरो ऐतिहास के हो, मेरो धर्म संस्कृति कुन बेला कसरी मनाउने, बिहान बेलुका पुजा अर्चना कसरी गर्न लगायतको बिषय बारे बालबालिकालाई थोरै समयमा निकालेर ज्ञान दिन अति आवश्यक रहेको उहाँले आग्रह गरे ।

देशको वर्तमान अवस्थामा इसाई र मुस्लिम करण हुनबाट बाचेको छ भने त्यसमा सबभन्दा ठूलो योगदान सनातनी धर्म अगुवाहरूको हो । अब नेपाललाई सबैले मिलेर आवाज उठायो भने छिटै हिन्दु राष्ट्र पुनःस्थापन हुनेछन् ।

सानो राष्ट्रमा दस थरिको जातीय आयोग खोलेर झन नेताहरू आफ्नो भोट बटुल्न लागेको छ तर पाकिस्तान, ईरान, इराक, अफगानिस्तान, मलेसिया, साउदी अरब, कतार सहित अन्य मुस्लिम बिदेशी देशमा कहाँ छ हिन्दू आयोग छिमेकी राष्ट्र चिनी वा भारतमा मुस्लिम आयोग छैन तर नेपाल जस्तो थोरै जनसंख्या भएको देशमा विभिन्न जातिको नाममा आयोग गठन गरेर देशलाई ठूलो अन्धकार तिर लगिएको अध्यक्ष संतोषानंद जी महाराजले बताए ।

बर्षौ पहिला नेपालको विभिन्न विधालयहरूमा एउटा संस्कृत बिषय पढाइ हुने गर्थयो तर नेताहरूले त्यो पनि राजनीति फैदाको लागि हटाए । वास्तविक बुझ्दा खेरि मुस्लिम र इसाई धर्मको बारेमा ठाउँ-ठाउँमा चर्च, मस्जिद खुलेको छ तिनको धर्ममा के कस्ता कुरा लेखिएको छ के-के गर्नुपर्छ भनेर तर हिन्दू धर्म बारे जानकारी लिन कहिकतै कुनै गुरूकुल, संस्कृत विधालय, धर्म प्रचारप्रसार जस्तै स्थान नभएकोले युवा पुस्ताहरू पनि अन्य धर्मको बारेमा नजानी पोशाक लगाउने त्यसको पर्व मनाउने कार्य गरिरहेको देख्दा दुख लागिरहेको बताउनुभएका छन् ।

मुस्लिम आयोग जबदेखि नेपालमा गठन भएको छ त्यो बेला देखि देशको विभिन्न स्थानमा हिन्दु समुदायको मठ, मन्दिर, पौराणिक संस्कृत स्थल, छठ घाट, दिपावली, महावीर झण्डा, दशै पुजा, सरस्वती पुजा लगायत त्यौहारमा दंगा गराइ हिन्दुको हत्याहिंसा समेत गराइरहेको छ त्यसबाट आयोगले विदेशी मुस्लिम देशबाट करोडौं रकम लिने गर्छन् । अहिले हिन्दूको छोरीलाई लभ जिहादमा पारेर जबर्जस्ती धर्म परिवर्तन गराउन लागेको समेत देखिएको छ । १५ बर्ष देखि १९ बर्षको हिन्दु समुदायको छोरीहरूलाई मुस्लिम र इसाई धर्मका युवाहरू विभिन्न समाजिक संजालमा हिन्दु नामले आइडी बनाइ पैसा, राम्रो-राम्रो ठाउँमा घुमाउने धेरै प्रकारको प्रलोभन दिई ति बालिकाहरूलाई आफ्नो झालमा पारेर विवाहको लागि दबाब दिएर बिवाह गरि पछि धर्म परिवर्तन गर्न लगाउन नमानेपछि हत्या समेत गरिरहेको अध्यक्ष संतोषानंद जी महाराजले बताए ।

अहिले हिन्दुको छोरीलाई कसरी लभ जिहादको संजालमा पार्ने भने नेपालमा मुस्लिमहरू युवालाई तिनको संघसंगठन पुरै सक्रिय भएर लाखौंलाख सेवा सुविधा दिएर राम्रो-राम्रो परिवारको छोरीलाई ललाई फकाई महगो मुल्यको मोबाइल, कपडा, गहना लगायत सामाग्री खरिद गरि मायाको नाममा शारीरिक शोषण पहिला गर्ने पछि धर्म रूपान्तर गराउने दबाब दिइरहेको छ यसबाट बाच्न सबै हिन्दुले आफ्नो छोराछोरी साथी कस्तो छ उसले वास्तव बाहिर जादा के गर्छन् भनेर सोधपुछ गर्न आग्रह समेत उनले गरे ।

एकजना ठूलो नेताले रौतहट जिल्लामा ठूलो चर्च बनाउन योजना ल्याएको थियो तर त्यसलाई सनातनीहरू असफल बनायो तर अहिले जुन गाउँ एक दुई घर इसाई वा मुस्लिम रहेको छ त्यो ठाउँमा करोडौंको चर्च, मस्जिद, मदरसा कहाँबाट बनिरहेको छ यसको अर्थ सबैले बुझ्नुपर्ने समय आएको छ । खानाको लागि पैसा छैन देशको सेवासुविधा पाउने वेलामा म पनि गरिब छु भने इसाई र मुस्लिमहरूको गाउँमा कसले र किन यति ठूलठूला चर्च मदरसा बनाइरहेको छ यसप्रति पनि सबैको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभयो ।
हाम्रो संस्कृत रक्षाका लागि सबै हिन्दुले एक-एक कदमलाई साथ दिएर नेपालको पहिचान जोगाउन तिर लाग्नुपर्छ । तपाई हिन्दु हुनुहुन्छ भने तपाईंको पहिचान के हो त्यसैले निधारमा चन्दन टीका, शिरमा कपाल कटाउने वेला टुपी, हातमा रक्षा सुत्र, सक्नु हुन्छ भने रूद्धाक्षको माला लगाउ अनि कसैलाई भन्नू पर्दैन कि तपाईं को हुनुहुन्छ भनेर आफै हिन्दुत् झल्कनेछ । अरू धर्मको पर्वमा रमाउने तपाई साच्चिकै साथी सम्बन्ध राम्रो छ भने तपाईले उसको पोशाक लगाए जस्तै आफ्नो पर्वको वेला हिन्दु पोशाक लगाएर उनलाई भन्नू त गर्न सक्छ सक्दैन किन कि अहिलेसम्म हिन्दुले मात्र सबै रक्षा होस्, विश्वको कल्याण होस् भन्ने गर्छन् अरू धर्मले आफ्नो प्रचारप्रसार बाहेक केही गर्दैन त्यसैले अब देखि सावधान भएर घरपरिवारको सदस्यलाई साथीभाइलाई सम्झाउन राष्ट्रिय अध्यक्ष संतोषनंद महाराजले अनुरोध गरे ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...