Logo

होटलमा अनाहक खर्च नगरि टुहुरा बालबालिकाको साथ एमाले नेता पटेल मनाए आफ्नो जन्मदिन



माघ, ८ गते- हाम्रो समाजमा आजभोलि मान्छे फैशनको दौडमा आफन्त र परम्परागत व्यवहारलाई बिसर्दै गएको बेला एउटा छुटै सन्देश दिने उदेश्य होटल वा अन्य ठाउँमा केक काटेर दारू,माछा, मासु खाएर जन्मदिन मनाउने बिषयलाई परिवर्तन गर्न खोज्दै अनाथ आश्रम पुगेर केक काट्नु भएको छ ।

रौतहटकाे मध्य भाग गरूडामा रहेको बंशीराम अनाथालयका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

देवाहीगाेनाही नगरपालिका वडा नम्बर ७ उचिडिह निवासी नेकपा एमालेका यूवा नेता समाजसेवी रूपेश कुमार पटेलले आफनाे जन्माेत्सवकाे उपलक्ष्यमा आज एक कार्यक्रमका बिच अनाथालयमा पुगि खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

आइतबार अनाथालयका बालबालिकाहरूलाई सहयाेग हाेस् भन्ने उदेश्यले अनाथालयका संस्थापक बंशीराम जयसवाल(बाबा)लाइ खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

यूवा नेता पटेलले आफनाे निजी लगानीमा चिउरा १ बाेरा,मुढी १ बाेरा,दालमुट,कपि, कलम,ब्रस, पेस्ट,बिस्कुट, मिठाइ लगायतका सामानहरू अनाथालयलाइ उपलब्ध गराएका हुन् ।

ती सामाग्रीहरू उपलब्ध गराएकाे यूवा नेता पटेललाई अनाथालय परिवारले धन्यवाद ज्ञापन गरेको छ । सामग्री हस्तान्तरणकाे अवसरमा अनाथालयका कृष्ण सिंह, रूपेश यादव लगायतका व्यक्तीहरूले सहजिकरण गरेका थिए ।

अनाथ, टुहुरालाई आश्रय दिँदै आएको गरूडाको बंशीराम जयसवाल अनाथालय विभिन्न दाताको सहयोग र अनुदानमा अनाथालय बालबालिकाको भरोसा बन्दै आएको छ । हाल दर्जनौं बालबालिकाले आश्रय लिँदै आएको अनाथालय बेलाबेलामा हुँदै आएकाे यस्तै सहयाेगले सञ्चालन भइरहेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...