Logo

आईपिएल क्रिकेटको सट्टेबाजी गर्ने र जुवा खेलाउने व्यक्ति पक्राउ



रौतहट, १९ बैशाख । आईपिएल क्रिकेटको सट्टेबाजी गर्ने र जुवा खेलाउने काम गर्दै आएका १ जनालाई रौतहट प्रहरीले पक्राउ गरेपछि वीरगञ्जमा सट्टेबाजी खेलाउनेहरुमा खैलाबैली मच्चिएको छ ।

सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा काम गर्दै आएका रौतहटको गौर नगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय सुधिर कुमार जैसवाललाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । गौर बजारमा युनिभर्सल मोबाइल एसोसिरिज नामक पसल सञ्चालन गर्दै आएका जैसवालले डाइ मोन्डेक्च नाइन डटकम वेबसाइटमार्फत ४८ जनाको समूह बनाई अनलाइन जुवा र सट्टेबाजी खेलाउँदै आएका थिए ।

उनको सट्टाबाजीको तार वीरगञ्जको माइस्थान सुनचाँदी व्यावसायी गर्ने केही व्यापारी र केही मारवाडी समुदायसँग जोडिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका जैसवालको बयानको आधारमा उक्त गैरकानुनी कार्यमा संलग्न वीरगञ्जको माइस्थानमा सुनचाँदी व्यावसाय गर्दै आएका व्यक्तिको पनि खोजी तिव्र पारिएको प्रहरी स्रोतले जनाएको छ ।

रौतहटको इतिहासमै पहिलोपटक अनलाइन सट्टाबाजी र जुवा खेलाउने व्यक्ति पक्राउ परेको रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले बताए ।

प्रहरी उपरिक्षक शाहीका अनुसार पक्राउ परेका जैसवालविरुद्ध जुवा तथा सट्टाबाजी गर्न नहुने कसुरमा ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...