रौतहट, २५ फाल्गुण । रौतहटको गौर देखि लक्ष्मीपुर बेलबिछवा जाने सडक खण्डमा शुक्रबार राति बिधुतीय पोलमा मोटरसाईकलले ठोकिदा एक जना युवाको मृत्यु भएको छ ।

शुक्रबार राती करीब ९ बजेको क्रममा गौर नगरपालिकाका वडा नं ९ सिर्सिया टोल निवासी ३५ बर्षीय मुकेश राउतले आफ्नो ससुराली घर राजदेवी नगरपालिका ९ ब्रहम्पुरीबाट फर्किने क्रममा राजदेवी न.पा. ८ लक्ष्मीपुर बेलबिछवा टोल स्थित निर्माण सडक बिचमा रहेको अलपत्र अवस्थाको बिजुली पोलमा ठक्कर लागि मृत्यु भएको छ । मृतक राउतको २ छोरी र एक छोरा रहेको छ ।

निर्माण कम्पनीको चरम लापरबाहीका कारण अकालमा राउतको ज्यान गएको र यस्ता लपारवाह कम्पनी माथि कानुनी कार्यवाही नहुनु दुर्भाग्य रहेको पुर्व सभासद बबन सिंहले बताउनु भयो । यस घटना सम्बन्धिमा निर्माण कम्पनीसंग सम्पर्क गर्दा आफुहरुलाई विजुली पोल सार्ने जिम्मेवारी नरहेको र यस्तो घटना दुखद भएको साथै आफ्नो कम्पनीलाई पोल सार्ने जिम्मेवारी दिए तुरुन्तै काम सम्पन्न गर्ने र आउने दिनमा अरु अप्रिय दुर्घटना हुनबाट सतर्क रहन प्रोजेक्ट मैनेजर अजय कुमार गुप्ताले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here