काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली सोमबारका सकै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा आउन लगेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन झापा पुगेका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धा्रित कार्यक्रम स्थगित गरी बारा आउन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा आउने उनले बताए । घटनास्थलको अवलोकनका साथै प्रधानमन्त्री ओलीले घाइतेको उद्धार र उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिनेछन् ।
हावाहुरीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, परिवारलाई समवेदन प्रकट गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here