काठमाडौं, ९ चैत्र। भोली आइतबारदेखि माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई सुरु हुँदैछ । यो परीक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन ।

तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन ।
देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएका छन । साधारण, संस्कृत र प्राविधिक धारका गरी ९९ विषयको परीक्षा लिइने छ । यस पटकदेखि परीक्षा व्यवस्थापन प्रदेश सरकारले गर्दैछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here