मनोज यादव
सर्लाही ,चैत २६ गते ।सोमबार राति र मंगलबार बिहान परेको असिना पानीले सर्लाहीको ग्रामिण भेगका घरका छाना र अन्नवालीमा ठुलो क्षति पुर्याएको छ । हावाहुरी संगै परेको असिना पानीले घरभित्र भित्राउने तरखरमा रहेको गहुँ बाली,तरकारी तथा फलफुलमा क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका सहित कबिलासी,हरिपुर, हरिपुर्वा,गोडैता, बलरा, बरहथवा नगरपालिका र कौडेना, विष्णु ,धनकौल, बसबरिया,ब्रम्हपुरी, पर्सा, रामनगर लगायतका गाउँ पालिकाहरुमा किसानले लगाएको मकै , गंहु ,आँप,लिच्ची, विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी बाली नष्ट हुँदा लाखौंको क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् ।सोमबार परेको असिनाबाट जिल्लाको कतिपय ठाउँमा स्थानीय बासिन्दाको खपडाको छाना र टायलको छानामा क्षती पुगेको किशनपुरका स्थानीय बासिन्दा एवं संचारकर्मी राकेश गुप्ताले बताए । पटक पटकको असिना पानी र हावाहुरीका कारण जिल्लामा रहेको आप तथा लिच्ची खेतीमा धेरै असर गरेको कृषिविज्ञले जानकारी दिएका छन्। असिना पानीले घरको खपडा,टायल फुटाएको छ भने कतिको घरको छानो समेत उडाएको छ ।
असिना र हावाहुरीका कारण कुनै अप्रिय मानवीय दुर्घटना नभए पनि घरको खपडा, टायल फुटेको र फुसले छाएको छाना पुरै उडाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानाएको छ । असिना र हावाहुरीले काटेर भित्राउन लागेको गहुँ , तरकारीबाली र भर्खरै टिकोला बन्न लागेको आँपमा सबैभन्दा धेरै क्षती भएको किसानहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here