वीरगन्ज ११ वैशाख, वीरगञ्ज स्थित नारायणी अस्पालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

Image may contain: 3 people, people smiling, people standing and outdoor

बुधबार बिहान १० बजेको समयमा हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो । अस्पतालमा भएको भ्रष्टाचारबारे एक सातादेखि सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारको टोली छापा मार्न पुगेको हो । छापा मार्ने क्रममा अख्तियारको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्ड एनामुल हकसँग सोधपुछ गरेको थियो । अनुसन्धानको क्रममा खासै त्यस्तो केही अनियमितता नभेटिएको अनुन्धान टोलीका कर्मचारीले बताए । उनले छानविन गरि रहेका छौं, अहिलेसम्म त्यस्तो केही आधिकारिक प्रमाण भेटाएको छैन, बाँकी अनुसन्धानको क्रममा रहेकोले भन्न नमिल्ने बताए ।

यसैगरि मेडिकल सुपरिटेण्ड डा. ऐनामुल हकले विभिन्न सञ्चार माध्यममा आएको खबरलाई आधार बनाएर अनुसन्धान गर्न अख्तियारको टोली आएर आफ्नो कार्य गरि रहेको स्पष्ट पारे । उनले अनुसन्धान गर्ने उहाँहरुको काम हो, अनुसन्धानमा हामीले सघाइ रहेका छौं, बाँकी निर्कयौल उहाँहरुले निकाल्नु हुन्छ भन्दै अनुसन्धानको क्रममा रहेकोले केही भन्न नमिल्ने बताए । सप्लायर्सले सस्तोमा ठेक्का सकार गरेको अवस्थामा नारायणी अस्पताल प्रशासनले हाइड्रोजन परअक्साइड करिब १३ गुणा भन्दा बढी मूल्यमा किनेको भनेर सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।

चालु आर्थिक वर्ष २०७५÷०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकारेको थियो तर अस्पतालको स्टोर शाखाले ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको रहस्य सञ्चार माध्यमले खोलेको थियो । मेडिकल सुपरिटेन्डेन्ट हकमाथि सामान खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here