रौतहट, ११ बैशाख । रौतहटको ईशनाथ नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जिम्मेवारी पाउने लगतै आफनो नगरमा सब भन्दा बढी ध्यान शिक्षा र स्वास्थ क्षेत्रमा दिई रहेका छन ।

Image may contain: Nand Kishor Gupta, sitting and indoor


गुप्ताले सामाजिक उत्तरदायित्व वहन गर्ने प्रमुख उद्देश्य साथ नगरभरि रहेको विद्यालयमा शिक्षालाई गुणस्तरीय बनाउने तर्फ पहल कदमीमा जुटेका छन ।
ईशनाथ नगरपालिका वडा नम्वर ९ स्थित रहेको महेन्द्र राय यादव प्राथमिक विधालय लवतना टोलमा निर्माण हुने दुई कोठे भवनको आज एक कार्यक्रमका विच शिलान्यास गर्नु भएको हो ।
१६ लाखको लागतमा निर्माण हुन लागेको भवन

शिक्षक, विद्यार्थी, अभिभावकसहित सरोकारवाला र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिका बिच निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले यस नगरमा जतिसुकै सामुदायक तथा संस्थागत विधालयहरुमा बालबालिका भर्ना गराउदा विधालयले कार्यालयसँग अनुमति प्राप्त गरेको विधालयकमा मात्र भर्ना गराउन र राम्रो गुणस्तरीय शिक्षा मात्र आपलनो बालबालिकालाई हासिल गराउन समेत अह्रवान गरि सबै वडा कार्यालयहरुमा सुचना समेत सार्वजनिक गराई सकनु भएको बताए ।

Image may contain: Nand Kishor Gupta, sitting, screen and indoor


विद्यालयको शैक्षिक गुणस्तर सुधारकासाथै समयानुकुल पठनपाठनको बन्दोवस्ती जस्ता विषयमा आफु कुनै किसिमको दबावमा आउने छैनन किन कि भोलिको भबिष्य यि बालबालिकाहर नै रहेको छ ।
विद्यालयमा विद्यार्थीसँगै शिक्षकहरुको नियमित उपस्थिति र पठनपाठनसँगै स्रोतसाधनको यथेष्ठ उपलब्धता सहित आवश्यक पूर्वाधारको बन्दोवस्ती मिलाउन आवश्यक रहेको त्यो सबै बिस्तारै बिस्तारै मिलाउने तिर लाग्ने निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले बताएका छन ।

Image may contain: 1 person, sitting and indoor


यो नगरमा बिकास कार्य बारे धेरै चुनौतीपूर्ण बातावरण रहेको छ तर अब कुनै विकास कार्यमा बाधा नहुने र जनताको मन जितेर काम गरि नमुना नगर बनाउने मात्र उदेश्य लिएर जिम्मेवारी बहन गर्न आफनै जन्म, कर्म थलोमा सौभाग्यले पाएकोले मौकालाई सानो तिनो कुरा तिर लागेर गुमाउने सोचमा आफु नरहेको निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले बताए ।
यो नगरक्षेत्रमा शिक्षा र स्वास्थको बढी आवश्यक देखिएकोले आफु २२ बर्ष भन्दा बढी शिक्षाक्षेत्रमा काम गरेकोले आफनो अनुभवलाई बढी प्रयोग गरि पूर्णसुधार्ने तिर लागने बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here