विराटनगर : विराटनगर विमानस्थलबाट लागू औषसहित एक जना पक्राउ परेका छन्।

बुद्ध एयरबाट बिहीबार साँझ काठमाडौं जान लागेका सुनसरी धरान १७ का दनिल राई ६० एम्पुल लागू औषधसहित पक्राउ परेका हुन्।

उनको साथबाट डाइजेल्याव १५, लुपिजेसिक १५, फोरागन १५ र एभिल १५ एम्पुल बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

विमानस्थलमा चेकजाँचको क्रममा लागू औषध फेला परेपछि राईलाई नियन्त्रणमा लिइ लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here