सर्लाही ।सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित सुकेको ईनारमा खसेका एक सर्वसाधारणको सोमबार जिवितै उद्दार गरिएको छ ।

हरिवन नगरपालिका–५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले उनलाई सकुशल निकालेको हो ।गत वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई सोमबार बिहान ३० फिट गहिरो पानी सुकेको ईनारमा स्थानिय बालकले देखेका थिए ।

स्थानिय १३ वर्षीय बालक बिवस पाख्रीनले ईनारमा जिम्बालाई देखेपछि ‘भुत भुत’भन्दै गाउँतिर भागेपछि गाउँलेले घटनाबारे थाहा पाएका हुन् ।

देख्नेवितिकै स्थानियले प्रहरीलाई खबर गरेर ईनारमा फ्रुटी, पानी लगायत तल झारेको र जिम्बाले २ लिटर पानी सहित फ्रुटी तत्कालै खाएको स्थानिय समाजसेवी सुरेन्द्र लामाले बताए ।

५ दिनदेखि ईनार भित्रै रहेकाले जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको हरिवन–५ का वडा अध्यक्ष नागेन्द्र साहले बताए ।वडाअध्यक्ष साहले जिम्बालाई उपचारका लागि तत्काल नमुना अस्पताल पठाएका छन् ।जिम्बाका श्रीमती सहित परिवारका सदस्यहरु भने खोज्दै बाहिर आफन्तकोमा पुगेको समाजसेवी सुरेन्द्र लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here