गणेश कुमार शर्मा, सिरहा । सिरहामा यसवर्ष गुहुँको उत्पादनमा वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गुहुँ उत्पादन राम्रो भएको किसानले बताएका छन् ।


गतवर्ष सिरहामा १९ हजार हेक्टर जग्गाबाट ३३ हजार ८ सय १० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २१ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ४६ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका योजना अधिकृत किशुनदेव राउतले जनाएको छ ।

गतवर्ष प्रतिहेक्टर १.९९ मेट्रिक टनको दरले उत्पादन भएको तुलनामा यसवर्ष प्रति हेक्टर २.२ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र राजविराजका योजना अधिकृत किशुनदेव राउतले जानकारी दिए ।

उनले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताए । सिरहा जिल्ला भरीमा यसवर्ष ५४ करोड ५२ लाखको गहुँ उत्पादन हुने राउतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here