राैतहट, २० बैसाख । नक्कली बम राखि ब्यापारी तर्साई ३० लाख असुल्न खाेज्ने एक भारतीयसहित दुई जनालाई राैतहट प्रहरीले पक्राउ गरेको छ ।


राैतहटकाे सदरमुकाम गौर नगरपालिका वडा नं ५ धरखन चाैक नजिककाे एक पसल अगाडि एक हप्ता अघि नक्कली बम राख्ने भारत बिहारका प्रेम पासवान र गौर नगरपालिका ५ का किशोर रायलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।स्थानीय एक ब्यापारीको पसल अगाडि उनीहरुले शंकास्पद बस्तु राखेर व्यापारीसंग ३० लाख रुपैयाँ माँगेका  थिए। शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर बम डिस्पोज गर्न आएको नेपाली सेनाको टोलीले उक्त बस्तु बम नभई होक्स बम (नक्कली) भएको बताएको थियो।

जिल्ला प्रहरी कार्यालय गाैरका अनुसार पक्राउ परेका पासवानले व्यापारी धम्क्याउने र रायले बम बनाउने कार्य गरि व्यापारीलाई ३० लाख नदिए उक्त बम पड्काउने भन्दै तर्साएका थिए। उनीहरुको साथबाट ४ थान मोबाइल, नेपाली र भारतीय टेलिकमका सीम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले बताए। उनीहरुलाई मुलुकी अपराध संहीताको  विस्फाेटक पर्दाथ सम्बन्धी कसुरमा मुद्दा चलाइने समेत उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here