रौतहट, २० बैशाख । बौद्धिमाई नगरपालिका अहिले विकासको कार्यमा फर्को मार्दै तिब्रगतिमा आगाडी बढीरहेको छ ।

Image may contain: 2 people, people sitting and child


रौतहटको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा टोलमा मेयर राजीव रंजन यादव उर्फ राजु यादवले निर्वाचनको वेला जनता समक्ष भोटन माग्ने क्रममा स्वास्थ, शिक्षा, नाला, सडक, कृषि, बिजुलीबती र भौतिक निर्माण कार्य गर्ने प्रथम विकास योजना हुने नारा दिएका थिए सो अन्तरगर्त आज प्राथमिक स्वास्थ चौकीको आज शिलान्यास गरेका छन ।

Image may contain: 9 people, people smiling


बौधीमाई नगरपालिकाका ३ मटिअर्वामा सर्वसाधारण जनताले खेपिरहेको शास्तीलाई मध्य नजर गरि प्राथमिक स्वास्थ चौकीको अभाव देखिएको हुनाले जनताको घरमै समयमा उपचार र औषधी उपलब्ध गराउने उदेश्यले युवा विकासप्रेमी मेयर यादवले स्वास्थ चौकीको एक कार्यक्रम बिच शिलान्यास गरेका छन ।

Image may contain: 7 people, people standing and outdoor


३५ लाखको लागतमा निर्माण हुन लागेको ४ कोठे प्राथमिक स्वास्थ चौकी शिलान्यास भए पछि स्थानी हर्सो हुलासका साथ खुशी भएको देखिएको छ । साथै नगर प्रमुख यादवले प्राथमिक स्वास्थ चौकी शिलान्यास गरे पछि बौधीमाइ नगरपालिका वडा नं. ३ मटिअर्वाका स्थानीयले बिकासको अनुभुती गरेका छन् ।

Image may contain: 9 people, people standing and outdoor


समुदायक विकास परियोजना अन्तर्गतको कार्यक्रममा नगरपालिका र परियोजनाको सयुक्त लगानी निर्माण कार्य भईरहेको नगर प्रमुख यादवले जानकारी दिएका छन । कार्यक्रममा नगरका नियमित प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद चन्द्रबंसी, वडा नं ३ का वडाअध्यक्ष श्रीभगवान पटेल, आर.आर.एन. सिडिपिका संयोजक लिलबहादुर कार्की लगायतको दर्जनौ सहभागीताबासीहरुको उपस्थिति रहेको थियो ।

Image may contain: 3 people, people standing and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here