प्रीति रमण– नेपालको तराई क्षेत्रका वासिन्दाहरुकोे अधिकारको विषयले निकै चर्चा पाएको छ ।

यही बहानामा केही व्यक्तिहरुलाई तराईको नेता पनि बन्ने अवसर प्राप्त भएको छ । तराईवासीकै अधिकारको कुरा गर्नेहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश र उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्म बन्ने अवसर पनि प्राप्त गरिसकेका छन् ।

Image may contain: Preeti Raman, eyeglasses and closeup

तर पनि तराईवासी जनताका अधिकार प्राप्तिका कुरा गर्नेहरुको कमी महसुस हुन सकिरहेको छैन । जसरी नेताहरुको कमी भइरहेको छैन त्यसैगरी तराईवासी जनताका अधिकार पनि प्राप्ति हुने लक्षण कतैबाट देखिदैन । बरु तराईवासीको अधिकारका नाममा विदेशीहरुलाई नेपाली नागरिकता दिलाउने काममा तराईवासी नेताहरु लागिरहेका देखिन्छन् । तराईवासीहरुका अधिकारका कुरा गरिरहँदा तराईवासी महिलाहरुको अवस्था बुझ्नुपर्ने हुन्छ । तराईवासी महिलाहरुमा अशिक्षा र चेतनाको अभावले गर्दा अधिकारका कुरा सबै ओझेलमा परेका देखिन्छन् । त्यसैले तराईवासी जनताका अधिकारका निम्ति तराईवासी महिलाहरुलाई केन्द्रमा राखिनु जरुरी हुन्छ, त्यसका लागि छोरीलाई अनिवार्य शिक्षाको अभियान सञ्चालन गरिनु जरुरी हुन्छ जस्तो मलाई लागिरहेको छ ।

Image may contain: 2 people, including Preeti Raman, closeup

नेपालीमा एउटा भनाई छ, जुन घरमा नारी शिक्षित हुन्छिन्, त्यो घर नै उज्यालो हुन्छ । अर्थात नारी भनेको दया र करुणाको खानी मात्र होइनन्, उनी शिक्षाको ज्योति पनि हुन् । छोरी अर्थात नारी जसले आमा अर्थात पृथ्वीको प्रतिनिधित्व गर्छिन् । जसरी पृथ्वीमा बस्ने लाखौँ करोडौँ प्राणिका लागि पृथ्वीको वातावरणले प्रभाव पार्छ त्यसरी नै एउटा घर, समाज र मुलुकको अनुकुल वातावरणका लागि नारीमा शिक्षा र ज्ञानको ज्योतीले प्रभाव पार्छ । जबसम्म एउटा नारी शिक्षित हुनबाट बन्चित भइरहन्छिन, सभ्य र समृद्ध समाज निर्माणको परिकल्पना अधुरो रहिरहन्छ जस्तो मलाई लाग्छ ।

Image may contain: Preeti Raman, smiling

माथि यतिधेरै भूमिका किन बाध्न परेको हो भने आज तराईको समृद्धिका लागि धेरैले आ–आफ्ना मतहरु अघी सारिरहेका छन् । समृद्ध तराई, सुखी तराई र आत्मनिर्भर तराई आदि । तर समृद्धि, शिक्षित र आत्मनिर्भर तराइको कुरा गर्नेहरुले तराईमा छोरीलाई शिक्षा दिनुपर्छ, छोरीलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने विषयमा कसैले पनि बोलेको देखिदैन । सकेसम्म जन्मनुभन्दा पहिले नै आमाको कोखमा छोरीको हत्या गर्ने प्रयास गरिन्छ ।

Image may contain: Preeti Raman

छोरी जन्मिइहालेमा आमाको काखबाटै छोरीको अपमान सुरु हुन्छ र हुर्कन नपाउँदै विवाहका लागि हतार गरिन्छ । उसको शिक्षा, लालनपालन, उसको भविष्य र सामाजिक भूमिकाबाट सकेसम्म बन्चित गर्ने प्रयास गरिन्छ । हिन्दू धर्मशास्त्रमा साक्षात देवी र भगवानको रुपमा सम्मान तथा पुजा गरिने नारीलाई हिन्दू धर्मावलम्वीहरुबाटै जब सामाजिक भूमिका र उसको जन्मसिद्ध अधिकारबाट बन्चित गर्ने प्रयास गरिन्छ, त्यहीँबाट नारीको अवस्था स्पष्ट हुन्छ ।

यस्तो अवस्थामा हाम्रो समाजको विकास कसरी हुनसक्छ ? अनि कसरी बन्छ समृद्ध तराई, शिक्षित तराई र आत्मनिर्भर तराई ?

जसरी एउटा छोरालाई ऋण धन गरेर भएपनि राम्रो शिक्षा दिनुपर्छ भन्ने आम मान्यता समग्र नेपालमा र तराईमा अझ बढि छ, त्यसको विपरित छोरीलाई भने अर्काको घरमा जाने जात भन्दै सकेसम्म शिक्षाको अवसरबाट बन्चित गराउने कोशिश गरिन्छ । छोरीको सामाजिक भूमिका र संविधानले प्रदत्त गरेका अधिकारबाट समेत बन्चित गर्ने प्रयास गरिन्छ । यसरी समाज विकासको परिकल्पना पुरा हुन सक्दैन । एउटा परिवार र समाजलाई समेत ज्ञानको माध्यमबाट सही मार्ग निर्देशन गर्ने नारीलाई शिक्षाको अवसर, राजनीतिक अवसर र सामाजिक भूमिकाबाट बन्चित गरेर पुरुषहरुबाट मात्र सामाजिक संरचना सञ्चालन गरेर समाज कहिल्यै अघी बढ्न सक्दैन ।

Image may contain: Preeti Raman, selfie, closeup and indoor

समाजको परिवर्तन र विकासका लागि सबैभन्दा पहिले परम्परागत सामाजिक सोच भन्दा बाहिर निस्कन सक्नुपर्छ । जब एउटा घर वा परिवारबाट परिवर्तनको दियो बल्न थाल्छ, त्यसले नै समाजलाई परिवर्तनतर्फ उन्मुख गराउने हो । हरेक घरमा परिवर्तनको दियो बल्न सक्यो वा परिवर्तनको दियो बाल्न सकियो भने मात्र समग्र समाज परिवर्तन हुनसक्छ, त्यसका लागि हरेक घरका नारी शिक्षित हुनु जरुरी हुन्छ । जब नारीहरु शिक्षित हुन्छन् र उनीहरुप्रति सम्मान बढ्न थाल्छ, त्यसपछि मात्र समाजमा सबैको सम्मान हुन थाल्छ , यो प्रमाणित सत्य हो । जब समाजमा नारी र पुरुष दुवैको भूमिका र सम्मान बराबर हुन्छ, समाजले परिवर्तनको अवसर खोज्न थाल्छ र समाज समुन्नत र विकासित पनि हुनथाल्छ । तर त्यसका लागि पूर्व सर्त भनेको छोरीलाई अनिवार्य शिक्षा र नारीमाथि हुने सबैकिसिमका विभेद र हिंसाको अन्त्य नै हो ।

Image may contain: Preeti Raman, sitting

जसरी एउटा रथका दुवै पांग्राले राम्रोसँग साथ नदिएसम्म रथले आफ्नो गन्तव्य पुरा गर्न सक्दैन, त्यसरीनै एउटा समाजको उन्नती र विकासका लागि समाजरुपी रथका दुवै पांग्रा अर्थात महिला र पुरुषको उत्तिकै सक्षम हुन आवश्यक छ । एउटा पांग्रा बिग्रिएको रथजस्तो भयो भने समाजले पनि आफ्नो विकास र समृद्धिको लक्ष्य पुरा गर्न सक्दैन । त्यसैले तराईको प्रतिनिधित्व गर्ने राजनीतिक नेतृत्व, सामाजिक व्यक्तित्व तथा समग्र पुरुष र सचेत महिलाहरुले यो कुरालाई बुझ्न आवश्यक छ ।

Image may contain: Preeti Raman, closeup


हाम्रो देशमा अहिले राष्ट्राध्यक्ष नै महिला भएको अवस्था छ । यो अवस्थामा नारी अधिकारका कुरा कमसेकम छोरीलाई अनिवार्य र निःशुल्क शिक्षाको सवालमा सफलता हासिल गर्न नसकिने कुनै कारण छैन । समाजका बारेमा, राजनीतिका बारेमा र राजनीतिक व्यवस्थाका बारेमा भाषण गर्न निकै सजिलो छ । तर त्यसलाई व्यवहारमा ढाल्न निकै जटिल पनि छ । जटिल के मानेमा भनिएको हो भने हामी अहिले पनि परम्परावादी सोचबाट बाहिर निस्कन सकिरहेका छैनौँ, त्यो सोच परिवर्तन गर्न गाह्रो भइरहेको छ ।

Image may contain: Preeti Raman, selfie, sunglasses and closeup

तर त्यो असम्भव वा अप्ठेरो कुरा भने पक्कै होइन । जबसम्म समाजरुपी रथका दुई पांग्रालाई बराबर ढंगले बलियो र सक्षम बनाइदैन, मञ्चमा गरिएका लोकप्रिय भाषणले कुनै अर्थ राख्दैन । त्यसको लागि पूर्व सर्त भनेकै नारीलाई शिक्षा हो । त्यसैले यो विषयमा सबैपक्षले गम्भीर हुन आवश्यक छ । अन्यथा समृद्ध तराईको परिकल्पना केवल परिकल्पनामै मात्र सिमित हुने निश्चित छ । त्यसैले तराईका गाउँ–गाउँ, टोल–टोल र समाजबाट छोरीलाई अनिवार्य शिक्षाको अभियान सुरु गरौँ, यसले नै छोरीहरुको आत्मसम्मान र सक्षमता वृद्धि हुन्छ र समाज नयाँ दिशातर्फ अघी बढ्दै समृद्धिको दियो बल्न थाल्छ ।स्रोत-स्रोत स्वाभिमान डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here