रौतहट,२७ बैशाख । रौतहटको राजपुर नगरपालिका वड़ा नम्बर ९ बैरियामा रहेको जो बैरिया गर्ल्स स्कुलमा निर्माण हुने ७ कोठे छात्रावास भवनको रौतहट निर्वाचन क्षेत्र नम्बर २ ख विधानसभाका प्रदेश सांसद रामकिशोर यादवले विहिवार शिलान्यास गर्नुभएको छ ।

प्रदेश सरकारको २५ लाखको लागतमा निर्माण हुने छात्रावास भवनको प्रदेश सांसद यादवले शिलान्यास गरेका हुन । शिलान्यास पछि संचारकर्मी सित संक्षिप्त कुरा गर्दै सांसद यादवले प्रदेश सरकार शिक्षा ,स्वास्थ्यको विकास प्रति चासो लिएको बताएका छन ।

विद्यालयको साथै मुस्लिमहरुको मदरसाको स्तरउन्नति हुनु पर्ने सरकारको मुख्य उदेश्य रहेको बताए ।रौतहट जिल्ला शिक्षामा सबै भन्दा पछाडी रहेकोले गर्दा आफु पहिला आफ्नो जिल्लामा शिक्षाको बिकाशलाई द्रुत गतिमा बढ्नु पर्ने अवशयकता देखिरहेकोले गर्दा सांसद यादव पहिला शिक्षाको बिकाशमा जोड दिरहेको अभिव्यक्ति राखेका छन् ।

आफुले भए सम्म विकासको कार्यमा सहयोग गर्ने बताए । सुरक्षा तथा पर्याप्त भवन भएको उक्त गर्ल्स स्कुलमा ८ सय हिन्दू मुस्लिम समुदायको बालिका अध्यन गरिरहेको प्राध्यानध्यापक अनवारुल हकले बताए । अनाथ बालिकाहरुको रहने व्यवस्था समेत भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here