सर्लाही, जेष्ठ । लोकसेवा आयोगको प्रकृयाबाट नियुक्ती अस्थायी पदमा कामकाज गर्दै आइरहेका भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधाम अन्तर्गत रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अस्थायी र करार कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माँग राख्दै प्रदेश सरकारी अस्थायी, करार कर्मचारी संघर्ष समितिले प्रदेश -२ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल,भौतिक पुर्वाधार राज्यमन्त्री डिम्पल झा, भौतिक पुर्वाधार विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयका सचिवलाई एकैसाथ ज्ञापनपत्र बुझाएको छ ।
कर्मचारी संघर्ष समिति प्रदेश न-२ का संयोजक लालबाबु यादव नेतृत्वको ११ सदस्यीय प्रदेश कार्य समितिको टोली राजधानी जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालय तथा भौतिक पुर्वाधार मन्त्रालयमा पुगेर मन्त्री सोनल,राज्यमन्त्री झालाई ज्ञापनपत्र बुझाएका हुन ।

उनिहरुको विगत लामो समयदेखि खानेपानी तथा सरसफाइको क्षेत्रमा हासिल गरेको अनुभव,सीप, दक्षता र योगदानको कदर गर्दै केन्द्रमा रहेको सेवा सुविधा प्रदेशमा पनि बरकरार राख्नु पर्ने ,नेपाल सरकार द्वारा अवकास हुँदा घर बिदा ,बिरामी बिदा,औषधी उपचार खर्च तथा उपदान को व्यवस्था प्रदेश सरकारले पनि कायम गर्नुपर्ने र करार सेवामा रहेका कर्मचारीहरु अवकाश भएको अवस्थामा ३ महिना बराबरको तलब केन्द्रीय सरकारले जस्तै प्रदेश सरकारमा पनि व्यवस्था हुनुपर्ने लगायतका मागहरु रहको छ ।
भौतिक पूर्वाधार मन्त्री सोनलले आफुहरुको मागको विषयमा केन्द्रीय सरकारलाई जानकारी गराइ प्रकृया मिलाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको संयोजक यादवले विष्फोटलाई बताउनुभयो ।ज्ञापनपत्र बुझाउन प्रदेश कार्यसमितिका संयोजक यादव सहित सहसंयोजक राम पुकार पंडित,कोषाध्यक्ष ओमनारायण झा,महासचिव हरिशंकर चौधरी,सचिव नुरमान डंगोल र सदस्यहरु गौतम दास, नन्दकिशोर चौधरी, दिपक महतो, ताराकान्त यादव ,हरिन्द्र दास र सोनेलाल महतो मन्त्रालय पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here