जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्राधिकरण बनाएर गढीमाई र सिम्रौनगढको विकास गर्ने घोषणा गर्नुभएको छ ।

Image may contain: 3 people, including Mohammad Lalbabu Raut, people standing

बाराको गढीमाई मन्दिर संचालन तथा विकास समितिको चौथो साधारणसभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्राधिकरण बनाएर दुवै स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने धारणा राख्नुुभयो । 

Image may contain: 3 people, people standing

दुवै स्थलको विकासको लागि प्रदेश सरकार गंभिर छ, उहाँले भन्नुुभयो–गढीमाई र सिम्रौनगढलाई विश्वमा चिनाउने गरी काम हुन्छ । सबैभन्दा बढी प्रदान हुने स्थलमध्ये एक गढीमाई र ऐतिहासिक सिम्रौनगढ राज्यबाट उपेक्षित हुुँदा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुन नसकेको उहाँले दावी गर्नुुभयो ।

Image may contain: 2 people, shoes

गढीमाई मेलामा लाखौको संख्यामा श्रद्धालुुभक्तजन आउने गरेपनि मेला व्यवस्थापन हुन नसक्दा श्रद्धालुुलाई समस्या हुुँदै आएको उहाँले थप्नुुभयो ।

Image may contain: 8 people, people smiling, people standing and people on stage

यसै वर्षमा आयोजना हुन लागेको गढीमाईको मेला व्यवस्थापनको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री राउतले बताउनुुभयो । मेलामा शौचालय, खानेपानी लगायतको व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने उहाँले थप्नुुभयो ।

Image may contain: 1 person

रामचन्द्र साहको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले गढीमाई र सिम्रौनगढको विकास गर्न प्रदेश सरकार तयार रहेको बताउनुुभयो । प्रदेश सरकारको सहयोगमा गढीमाईमा ७ करोड ६० लाखको विवाहमण्डप र धर्मशाला निर्माण भइरहेको जानकरी उहाँले दिनुुभयो ।

Image may contain: 5 people, people smiling, people on stage, people standing, wedding and indoor

विकास निर्माणको काममा राजनीति नगर्नको लागि आग्रह गर्दै मन्त्री सोनलले प्रदेश सरकार सबैसित सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुुभयो । सो अवसरमा समाजवादी पार्टी नेपालका महासचिव एवम् प्रतिनिधिसभा सदस्य रामसहाय यादवले गढीमाई र सिम्रौनगढको विकास कार्य अगाडी बढिसकेको बताउनुुभयो । दुवै स्थलको विकासमा संघीय र प्रदेश सरकार गंभिर रहेको उहाँले थप्नुुभयो ।

Image may contain: 4 people, people smiling, people standing

कार्यक्रममा प्रदेससभा सदस्य पारस साह, स्थानीय तहका प्रमुख, उपप्रमुुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Image may contain: 5 people, people standing, wedding and indoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here