सर्लाहीमा बैंक तथा सहकारीहरुको कृषिमा लगानी न्यून। कृषि क्षेत्रको विकासको नाममा स्थापना भएको कृषि विकास बैंकको लगानी १५ प्रतिशत भन्दा पनि कम ।

मनोज यादव-सर्लाही, १२ जेष्ठ । नेपालको विकास आधार कृषि, पर्यटन र जलस्रोत भन्ने सबैलाई थाहा छ ।यीनै तीन तत्वहरु सर्लाही जिल्लाको जनताको आयस्तर वृद्धिको प्रमुख आधार हुन् । जिल्लाको भूगोल र हावापानीले जनताको प्रमुख रोजगारीको आधार कृषिनै पहिलो आधार देखिन्छ ।
सरकारले कृषि खेती गर्ने कृषकहरूलाई थोरै ब्याजदरमा कर्जा दिने भनेको छ । तर त्यो केवल सरकारको घोषणमा सिमित भएको छ । बैंकहरूले सरकारको निर्देशनअनुसार कृषि र पर्यटन क्षेत्रमा गरेका लगानी न्युन देखिएको छ । जिल्लामा रहेको सहकारी तथा वित्तिय बैंकहरूले कृषि क्षेत्रमा न्युन लगानी गरेका छन् ।
जिल्लाको ११ नगरपालिका र ९ गाउँपालिकाहरु गरि २० स्थानीय तहका सरकारले कृषि, पर्यटनलाई जनताको आयस्तरको प्रमुख आधार बनाएको छ । तर कृषि क्षेत्रलाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने आधार निर्माण भने स्थानीय तहले बनाउन सकेको छैन् । स्थानीय तहको कानुनी अन्योलता र बास्तविक कृषकहरूलाई पहिचानमा ढिलाईका कारण बैंकहरूले दिने सुलभ कर्जा कृषकहरूले पाउन सकेका छैनन् । 
बैंकहरूको कुल कर्जामा १० प्रतिशत कृषिमा भनेको छ । सरकारले जनतालाई आत्मनिर्भर ,अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्नका लागि कृषिलाई प्राथमिकता दिएर अनिवार्य लगानी गर्न बैंकलाई आदेश दिएको छ । सर्लाहीमा रहेका कृषि विकास बैंकले पनि नाम अनुसार कृषिमा लगानी गरेको पाइन्दैन ।यसको लगानीमा अन्य क्षेत्रमा बढी भएको छ । कृषि क्षेत्रको विकासको लागि भनेर स्थापना भएको सो बैंकले न्यून मात्रामा कृषिमा लगानी गरेको छ । कृषि क्षेत्रको नाममा भनेकोे लगानी नक्कली कृषकहरू धेरै समेटिएको अधिकांशको कृषकको गुनासो छ।कृषि विकास बैंक लगायत अन्य वित्तिय तथा सहकारी संस्थाहरुबाट कृषिको नाममा लिएको कर्जा छोराछोरीको विहे, घर निर्माण, ब्यापार व्यवसाय ,वैदेशिक रोजगारी ,शिक्षा लगायतका काममा प्रयोग हुँदै आएको छ ।कृषिको नाममा लिएको कर्जा कृषिकै काममा प्रयोग भएको छ वा छैन बेलाबेलामा यसबारे अनुगमन तथा अवलोकन हुनु पर्छ ,अनिमात्र वास्तविक किसानले यसबाट लाभ लिन सक्छ-रिपोटर्स क्लब नेपाल प्रदेश २ का संयोजक बख्तियार अलीले भन्नुभयो । सरकारले कृषकलाई सुलभ ब्याजदरमा लगानी गर्न आदेश दिएपनि बैंकहरूको लगानी नक्कली कृषकहरूमा भएको उनको आरोप छ ।सरकारले दिएको निर्देशन अनुसार बैंकले जोखिम मोल्न नसक्नुनै कृषिबाट राज्यले लिने फाईदा लिन नसकेको अली बताउछन् । सर्लाही जिल्लामा वितिय संस्थाहरूकाे संख्या दिनप्रतिदिन बढदै गएपनि कृषिमा लगानी वा कृषि कर्जा किसानले बडाे मुश्किलले पाएकाे यथार्थ छ । कृषि विकास बैक भनेर नेपालमा पहिचान बनाएकाे बैकले समेत अा.व. ०७३/०७४ वा ०७४/०७५ गरि विगतकाे २ वर्षमा १५ प्रतिशत पनि कृषि कर्जा वास्तविक किसानलाई ऋण लगानी नगरेकाे तिताे यथार्थ छ ।
जनताको आयस्तरको प्रमुख आधार कृषि र पशुपालन नै प्रमुख आधार हो । पछिल्लो समय बैदेशिक रोजगार त्यागेर स्वदेशमा व्यवसाय गर्ने युवाहरूको संख्या बढेको छ । अधिकांश युवाहरू आयस्तर वृद्धिका लागि तरकारी तथा फलफूल खेती र पशुपालनमा लागेका छन् । जिल्लामा कृषिमा केही गर्छु भन्ने कृषकहरूलाई भनेजति लगानी पाउन ग्राहो छ। पाएपनि कागजपत्र मिलाउन झण्झटीलो प्रक्रियाले पछिल्लो समय कृषि क्षेत्रमा युवाहरू काम सुरु गर्दै विस्तापित भएका छन् । 
मापदण्ड अनुसार कृषि क्षेत्रमा कर्जा लगाी गरेपनि बास्तविक कृषकहरू कति छन् भन्ने तथ्यांक भने आउन सकेको छैन् । निरन्तर कृषि खेती गरेका कृषकहरूल लगानीको अभावले खेतीलाई आधुनिकरण र ब्यवसायिकरणमा वृद्धि गर्न सकेका छैनन् । जिल्लाबाट संघ, प्रदेश, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले रोजगारी विस्तारका लागि कृषि, पर्यटन, जलस्रोतमा लगानी र ग्राम उद्योग विस्तार गर्छु भनेपनि कार्यान्वयन हुन सकेको छैन । सर्लाहीमा वैदेशिक रोजगारतर्फ जाने युवाहरूको संख्या दिनदिनै बढ्दै गइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here