काठमाडौं । नेपालका धेरैजसो जमिन तराई तथा भित्री मधेशहरुमा केरा खेती हुने गर्दछ । पछिल्लो समय केरा खेती एउटा गतिलो आम्दानीको स्रोतनै बन्न थालेको छ ।

कम लागत तथा छोटो समयावधिमा नै राम्रो उत्पादन लिन सकिने भएकाले पनि यसको खेती दिनानुदिन बढ्दै गएको देखिन्छ ।

स्वास्थ्यको दृष्टिकोणसमेत केरा उपयोगि फल मानिन्छ । केरामा भिटामीन ए, वी र सी जस्ता हाम्रो शरिरलाई आवस्यक पोष्टिक पर्दाथ पाईन्छ ।

आय वर्दक साथै स्वस्थ्य वर्धक केराको खेती तराई, पहाड र भित्रीमधेशहरुमा पहिले देखीनै गरिदै आएका पाईन्छ ।

पछिल्लो समय आधुनिकता सँगै केराबाट अनेकौं प्रकारहरु उत्पादन हुन थालेसँगै बजारमा माग बढ्दो छ । यस्तो आय र स्वस्थ्य वर्दक केरा खेतीको व्यवसायिक खेती गर्न पहिले हामीले के, कसरी, कहीले, कुन जातको, कस्तो हावापानी, रोग लागिहाले के गर्ने जस्ता कुराहरु जान्न आवस्यक छ ।

यसै अन्तर्गत कृषि व्यवस्थापन सूचना प्रणलीले तयार पारेको केही महत्वपूर्ण बुदाहरु निम्न प्रकारकाछन् ।

१. केरा के कसरी रोप्ने ?
 केराको विरुवा रोप्दा खाडलको बीचमा पर्ने गरी गानो मात्र माटो मुनी पारेर रोप्नु पर्दछ । तन्तु प्रजननवाट तयार गरिएको विरुवा डल्लो सहित रोप्नु पर्दछ ।

२. केरा रोप्दा प्रति खाडल के कती मल प्रयोग गर्नु पर्छ ?
केराको विरुवा रौप्नु भन्दा अगाडि प्रति आडल १०० ग्राम युरिया, ७५ ग्राम डि.ए.पी. र १२५ ग्राम पोटास मल प्रयोग गर्नु पर्दछ ।

३. केरा कहिले रोप्नु पर्छ ?
केरोको विरुवा  रोप्न उपर्युक्त समय बर्षा ऋतु अर्थात जेष्ठ आषाढ महिना हो । सिंचाईको भरपर्दो अवस्था मिलाई फागुन महिनामा पनि केरा लगाउनु सकिन्छ ।

४. तन्तु प्रजनन विधिवाट उत्पादित विरुवा लगाउँदा कस्तो हुनु पर्छ ?
तन्तु प्रजनन प्रविधिवाट उत्पादित विरुवा लगाउँदा विरुवाहरु दोश्रो नर्सरीमा कम्तिमा ३ महिना पुनः सारी हुर्काईएका र जरखराईएका तथा तनि पात भएको हुनु पर्दछ ।

५. केरा खेतीवाट राम्रो उत्पादन लिन कस्तो विरुवा लगाउनु पर्छ ?
केरा खेतीवाट राम्रो आम्दानी लिनका लागि तन्तु प्रजनन विधिवाट तयार गरिएको विरुवा लगाउनु बढी राम्रो मानिन्छ ।

६. केराको विरुवाको छनौट कसरी गर्ने ?
केराको विरुवा साँघुरो तलबार आकारको पात भएको सकर (माउ बोटबाट निस्कने विरुवा) हुनु पर्दछ । )

७. केरा रौप्नु भन्दा अगाडी खाडललाई के गर्नु पर्छ ?
खाडलमा केरा विरुवा रौप्नु भन्दा कम्तीमा १ हप्ता अगाडि नै प्रति खाडल १०–१५ किलो राम्ररी पाकेको गोठेमल वा कम्पोष्ट र ५ किलो खरानी माटो राम्रोसँग मिसाएर खाडल पुर्नु पर्छ  । विरुवालाई गवारोवाट जोगाउालाई फयूराडन ३जी भन्ने विषादी प्रति आडल १०–१५ ग्रामका दरले प्रयोग गर्नु पर्छ ।

८. केरा के कति दुरीमा रोप्नु पर्छ ?
केरा रोप्दा विरुवा देखि विरुवाको दुरी २–२ मिटर (करिब ७ फिट) हुने गरी १.५ फिट गोलाई र गहिराईका खाडलहरु तयार गर्नु पर्छ ।

९. केराको व्यवसायिक खेती गर्दा कुन जातहरुका लगाउन उपयूक्त हुन्छ ?
केराको व्यवसायिक खेती गर्न विलियम डाईब्रिड, जी ९, रोवष्टा, हरिछाल र मालभोग (झापाली) जतहरु प्रयोग गरिन्छ ।

१०. केरा खेतीको लागी माटो कस्तो हुनु पर्छ ?
केरा खेतीको लागी माटो मलीलो हुनु पर्दछ र गहिरो (१ मी.सम्म) खन्दा पानी नआउने र कडा चट्ठान, ढुंगा नभएको, पानी नजम्ने र अम्लीयपन नभएको तटस्थ (पी. एच.६-७.५) भएको माटो उपयुक्त हुन्छ ।

११. केरा खेतीको लागी उपयुक्त तापक्रम के कति हुनु पर्छ ?
केराको लागी औसत तापक्रम २४ डिग्री सेन्टिग्रेट भए राम्रो हुन्छ ।

१२. केरा खेतीलाई कस्तो हावापानी चाँहिन्छ ?
केराको बोटलाई ओसिलो र गर्मि हावापानी मन पर्छ । तर नेपालको तराइ, भित्री मद्देश देखि वेसी सम्मको हावापानीमा केरा खेती सफलतापूर्व गर्न सकिन्छ ।

१३. केरा खेतिवाट कती आम्दानी गर्न सकिन्छ ?
एक विगाहामा (१६०० विरुवा) लगाएको केरा वालीवाट रु.३-४ लाख आर्जन गर्न सकिन्छ ।

१४. केरा रोपे पछि कति दिनमा फल लिन सकिन्छ ?
केरा लगाएको एक बर्ष भित्रै फल प्राप्त गर्न सकिने, राम्रो व्यवस्थापनमा खेती गर्न सके बर्षको जुनसुकै मौसममा पनि फल उत्पादन गर्न सकिन्छ ।

१५. पाँच कट्ठा जग्गाको लागी कती विरुवा चाहिन्छ ?
पाँच कट्ठामा ४०० विरुवा एक पटक लगाएपछि ४-५ बर्ष सम्म नयाँ विरुवा रोप्नु नपर्ने र लगातार त्यसवाटनै आम्दानी ल्नि सक्ने ।

१६. केरा खेती किन गर्ने ?
 केरा खेतिको व्यावसायिक उत्पादन बढ्नुमा अरु फलफुल भन्दा सजिलौ र आम्दानी पनि धेरै दिने नै प्रमुख कारण मानिन्छ् ।

१७. पाकेको केरालाई कसरी भण्डारण गर्ने ?
 पाकेको केरालाई चिसो र सुख्खा ठाँउमा राख्नु पर्दछ, फ्रिजमा राख्नु हुदैन ।

१८. केरालाई कसरी पकाउन सकिन्छ ?
केरा पकाउनलाई मुख्यतया २० डे.से. भन्दा बढी तापक्रममा छिप्पिएको र परिपक्क केरालाई केहि दिन छोपेर राखेमा आफै पाक्छ तर छिटो (३-५ दिनमा) पकाउने भए आवश्यक्ता हेरी २.५-५ मि. ली. इथेरेल वा इथेपन (क्रीपोल) प्रति १० लिटर पानीका दरले घोली बनाएको घोलमा चोपेररडुबाएर उपचार गरि न्यानो पारेर छोपेर राख्नु पर्दछ ।  

१९. केराको भण्डारण कसरी गर्ने ?
 केराको भण्डारण गर्ने सुविधा छ भने केरा पकाउनु अधिनै करिब १३ डि.से. तापक्रम र ८५-९०.५ सापेक्षिक आद्र्रतामा ३-४ हप्तासम्म केरालाई भण्डारण गरी राख्न सकिन्छ ।

२०. केराको प्याकिङ्ग कसरी गर्ने ?
 उत्पादित केराको गे्रडिङ्ग गरी केराका हाताहरु छुट्ठर्याइ प्लाष्टिक क्रेटहरुमा कसेर प्याक गर्नु राम्रो हुन्छ । दुई हार हाताहरु बीच पनी प्वाल भएको प्लाष्टिक सीट वा पत्रिका ओछ्याउनु पर्दछ ।

२१. उत्पादित केराको ग्रेडिङ्ग कसरी गर्नु पर्छ ?
 उत्पादित केरा घरी वा हाताहरुलाई राम्ररी सफा गरी राम्रो खाले, मध्यम खाले र कमसल खाले गरी तिन भागमा ग्रेडिङ्ग गरी सोही अनुसार फरक फरक मुल्यामा विक्रि गर्नु पर्छ ।

२२. केरा खेतीवाट के कती फल उत्पादन हुन्छ ?
केरालाई राम्रो संगँ व्यवस्थापन गर्न सकेमा एउटा विरुवावाट औसतमा १५-२० किलो (१०-१५दर्जन) र एक हेक्टरवाट    (१.५ विगाहा) ३०-४५ टन सम्म कोराको फल प्राप्त गर्न सकिन्छ ।

२३. केराको घरी काटिसके पछि डाँठ र थामलाई के कसरी व्यवस्थापन गर्नु पर्छ ?
केराका बोटवाट घरी काटी सकेपछि केराको बोटलाई जमिनवाट करिब १ मिटर लामो डाँठरथाम छाडेर मात्रै काँटी हटाउनु पर्दछ । यसले गर्दा अन्य केराका साना पलाउँदै गरेका बोटहरुलाई पर्याप्त खाना र पानी उपल्बध भई राम्रो सगँ बढन र हुर्कन मदत पुग्दछ ।

२४. केराको घरी कहिले काट्ने ?
 केराका कोसाहरु गाढा हरियोबाट हल्का गहिरो रंगको र कोणीयवाट गोलो आकारको भएपछि २५-३० से.मी. डाँठ सहित केराको घरी काट्नु पर्दछ ।   

२५. केरा खेतीवाट कहिले उत्पादन लिन सकिन्छ ?
सामान्यतया तराईमा फागुनमा रोपेको केरा विरुवावाट ९-१२ महिना र आषाढमा रोपेको विरुवावाट १२-१५ महिनामा फल लिन सकिन्छ ।

२६. केरा खेतीमा कुन रोगहरु लाग्न सक्छ ?
केरा खेतीमा टुप्पाको पात गुजमंच्च हुने (बन्ची टप), ओएलाउने (पनमा विल्ट) र पात थोप्ले रोगहरु  लाग्न सक्छ ।

२७. केरा खेती गर्दा कुन कुन किराहरु लाग्न सक्छ ?
केरा खेतीमा ग्वारो, घुन, निलो खपटे र लाही किराहरु लाग्न सक्छ ।

२८. केरा खेतीमा रोग कीराको व्यवस्थापन कसरी गर्ने ?
केरा बगैँचाको सरसफाई र अन्न व्यवस्थापनमा प्रर्याप्त ध्यान दिन सके रोग किराको आक्रमण कम हुन्छ ।

२९. केराको घरी जोगाउन के गर्नु पर्छ ?
केराको घरीलाई बढी घाम, चिसो, खपटे कीेरा र चाराहरु समेतवाट जोगाउनका त्यागि निलो पोलिथीननको थैलोहरुले छोप्नु उपयुक्त हुन्छ । यसरी छोप्दा थैलोहरुको तल्लो भागरमुख खुलाराख्नु पर्दछ । जसले गर्दा घरीमा हावाको संचार सहज रुपमा हुन्छ र धरीमा नोक्सान हुदैन् ।

३०. केराको बुङ्गो कहिले हटाउनु पर्दछ ?
 केराको कोसाहरु राम्रा पसाई सकेपछि केराको बुङ्गो काटेर हटाउनु पर्दछ । जसले गर्दा घरीको तौल ७.५ प्रतिशत बढेको पाईएको छ ।

३१. पसाएको केरालाई नोकसानीवाट बचाउन के गर्नु पर्छ ?
 केराको घरी पसाउन साथ बांसको वा अन्य काठको २ वटा पोललाई क्रस पारेर टेका दिनु पर्दछ ।

३२. केरा खेतिमा सकरको व्यवस्थापन कसरी गर्नु पर्छ ?
 केराको विरुवा रोपेको ६ महिनासम्म फेदबाट पलाएको सबै सकर र विरुवालाई काटेर हटाउदै गर्नु पर्दछ । त्यस पछि माउ बोटसगं एउटा सकर राख्नु पर्छ र माउबोट फुल्नेरपसाउने बेलामा दोस्रो सकर राख्नु उपयुक्त हुन्छ ।

३३. केराको उत्पादन लिन कति महिना लाग्न सक्छ ?
केरा खेतीवाट उत्पादन लिनका लागि १२ देखि १५ महिना सम्म लाग्दछ ।

३४. केरा खेतीमा कस्ता अन्तरवाली लगाउन सकिन्छ ?
केराका विरुवाहरु रोपेपछि शुरुका ३(५ महिना सम्म बीचको खाली जग्गामा बोडी, मास, मुंग साथै भण्टा, खुर्सानी र भिन्डी जस्ता वाली लगाई फाईदा लिनु पर्छ ।

३५. केरा खेतिमा गोडमेल र उकेरा कहिले कहिले गर्नु पर्छ ?
केराको जरा गहिरो नजाने भएकाले केरा बारीमा आवश्यकतानुसार बर्षको ३-४ पटक हल्का गोडमेल गरी झारपात हटाउनु पर्दछ । आवश्यक परे बर्षायाम अघि विरुवामा माटो चढाउनु पर्दछ ।

३६. केरा खेतिमा सिंचाई कसरी गर्नु पर्छ ?
केरा खेतिमा सिंचाइको लागी केरा २ वा ४ लाइन (पंक्ती) को बिचमा लाइनको समानान्तर तथा विरुवाहरु भन्दा करिब १०-१५ से.मी टाढा कुलेसोहरु वनाई सिंचाई गर्नु उपयुक्त हुन्छ ।

३७. केरा खेतिमा कहिले २ सिंचाई गर्नु पर्दछ ?
केरा खेतिमा ग्रर्मी मौसम (फाल्गुन-जेष्ठ सम्म) मा हप्ताको कम्तिमा १-२ पटक र जाडो मोसममा (कातिक-माघ सम्म) मा १०-१५ दिनको फरकमा सिंचाई गर्नु राम्रो हुन्छ ।

३८. केरा खेतीमा सिंचाई लागी के गर्नु पर्दछ ?
केराको विरुवा लगाएपछि र मलखनद प्रयोग गरेपछि केरा पसाउने बेलादेखि फलको वृद्धि हुने बेलासम्म सिंचाईको पर्याप्त व्यवस्था मिलाउनु पर्दछ ।       

३९. केरा खेतिमा थप मल प्रयोग गर्ने प्रविधी के हो ?
केरा खेतीमा थप मल प्रयोग गर्दा विरुवाको वरिपरि १ फुट गहिराई र गोलाईको खाल्डो बनाई प्रयोग गर्नु पर्दछ ।

४०. केरा खेतीमा थप मलखादको प्रयोग के कती गर्नु पर्छ ?
केरा खेतीमा सामान्यतया प्रति विरुवा १०० ग्राम युरिया, ७५ ग्राम डि.ए.यी र १२५ ग्राम पोटास मल विरुवा रोपेको २, ४ र ६ महिनामा गरी बर्षको ३ पटक प्रयोग गर्नु पर्दछ । यसै गरी पछिल्ला बर्षहरुमा पनि मल प्रयोग गर्नु पर्दछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here