काठमाडौँ– नेपाल करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ। सोमबार अर्थमन्त्रीले सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो।

‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ ,’ सर्वेक्षण्ले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँले मुलुक ऋणमा परेको देखिन्छ।

‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजार १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।आजको कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here