अर्जुन कुरुक्षेत्रमा अस्त्र छाडेर विलौना गर्न थाले । कृष्णले जति सम्झाउँदा पनि अर्जुनले पूर्खा र आफन्तको मोहमा परिरहे ।

त्यही मोहका कारण पीडा प्रदर्शन गर्न छाडेनन् । दुःखी भएर खुट्टा टेक्न नसकेर घुँडा टेकेर कृष्णसामु भन्नथाले–म कसरी पितामह भीष्म, गुरु द्रोणचार्य, कुलगुरु कृपाचार्य जस्ता सममानितमाथि अस्त्र चलाउन सक्छु ? अर्जुनलाई आफन्तप्रतिको मोहले घेरिरहेको थियो । धर्मविरोधीलाई प्रीय आफन्त देखिरहेका थिए ।

पीडामा परेका अर्जुनलाई सम्झाईबुझाई गरी कृष्णले युद्धका लागि मनाए । कृष्णले अज्ञानतालाई अर्जुनको मु्ख्य समस्या देखाए ।

युद्धबाट भाग्नु धर्मविरुद्ध हुने र महापाप लाग्ने भने । अर्जुनभित्रको समस्याको जड उनीभित्रको नकारात्मक विचार कारण थियो ।

धर्मविरोधीप्रति उनले सदाशयता देखाइरहेका थिए । जुन सतहमा सकारात्मक लागेपनि नकारात्मक विचारको उपज थियो । अर्जुनलाई नकारात्मक विचार त्यागेर समस्याबाट मुक्त गराउन कृष्णले भूमिका खेले ।

अर्जुन सकारात्मक सोचका साथ समस्याबाट मुक्त भई उत्साही भए । धर्मका लागि अस्त्र उठाए । आफ्ना अगाडि उभिएका पितामह देखि गुरुसम्मलाई धर्मविरोधी ठहर गर्दै धर्मयुद्ध लडे । सकारात्मक विचारले लडेको युद्धमा विजयी भए ।

कृष्णले कर्मयोगलाई स्वार्थरहित सेवा भनेका छ । कर्मयोगीले धर्मलाई महत्व दिइरहेको हुन्छ । अर्जुनलाई कर्मयोगी बन्न प्रेरित गर्दै कृष्ण भन्छन्–इच्छा, रिस र आशक्ति हाम्रो मुख्य शत्रु हुन् जसले हामीलाई स्वार्गी बनाएर शान्ति र प्रगति हरण गर्छ ।

कृष्ण व्याख्या गर्दै भन्छन्–हरेक मनुष्यको जन्म आफ्नै कर्मको कारणले हो । असली कर्मयोगीले नतिजा हेरेर कर्म गर्दैन । कृष्णको यो भनाईलाई निरन्तरको कर्मले अवश्य पनि नतिजा प्राप्त हुने तर नतिजाको चिन्ता गर्नुनपर्ने आशय बुझ्न सकिन्छ ।

जीवनमा सबैभन्दा महत्वपूर्ण आफूलाई चिन्नु हो । अरुलाई प्रेम गर्नु आफैलाई प्रेम गर्नु हो । श्रीकृष्णले यसलाई व्याख्या गर्दा आफैलाई बुझ्नुपर्नेमा जोड दिएका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here