रौतहट १५ गते । रमुस्लिम समुदायका अनाथ बालबालिकाहरुलाई पोशाक र जुत्ता वितरणामजान र ईद पर्वको अवसर पारेर सर्लाहीको मलंगवा तथा रौतहटका ५० जना मुस्लिम समुदायका अनाथ बालबालिकाहरुलाई पोशाक र जुत्ता वितरण गरिएको छ ।

चेतना मलंगवा (सर्लाही) , आर.डि.सी नेपाल रौतहटको आयोजना तथा कतार च्यारिटी काठमाडौंको आर्थिक सहयोगमा गौर स्थित सिया प्यालेसमा सर्लाही मलंगवाका २४ र रौतहटका २६ जना गरि जम्मा ५० जना मुस्लिम समुदायका बालबालिकालाई पोशाक र जुत्ता वितरण गरिएको हो ।

जिल्ला समन्वय समिति रौतहटका सभापती राम एकवाल राय यादवको प्रमुख अतिथ्यता तथा कतार च्यारीटी काठमाण्डौका प्रोजेक्ट म्यानेजर ईरसाद अलि सेख, चेतना मलंगवाका कार्यकारी सदस्य घनश्याम वैद्य तथा चेतना संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार जयसवाल , आर.डि.सी.नेपालका अध्यक्ष पारस हुसैन लगायतको उपस्थितीमा अनाथ बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरिएको चेतना संस्थाका सह-कार्यक्रम संयोजक बिपिन कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

अविभावक विहीन अनाथ बालबालिकाहरु रमजान र ईद पर्वको उपहार स्वरूप नयाँ पोशाक र जुत्ता पाएपछि कार्यक्रम स्थलमै भावविभोर हुँदै आयोजक र सहयोगी संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here