जनकपुरधाम , सामसुङ कम्पनीले धनुषाको जनकपुरधाममा आफ्नो आधिकारिक सर्भिस सेन्टर सुरु गरेको छ । कम्पनीले सर्भिस  सेन्टर  भानुचोक र शिवचोकको विचमा रहेको  बैंक अफ काठमाडौंको  ठिक तल आफ्नो शाखा विस्तार गरेको हो ।

बिक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित जनकपुरधाममा कम्पनीले १९औं आधिकारिक सर्भिस सेन्टर खोलेको हो ।

सामसुङ नेपालको सर्भिस प्रमुख राजन भट्टराईले ‘ग्राहकहरुमाझ प्रस्तुत गरिएका सर्भिस सेन्टरहरुले भरपर्दो  एवं सुलभ सेवा प्रदान गर्ने बताएका छन ।

बिक्री पछिको सेवालाई थप प्रभावकारी र व्यवस्थित गर्न सर्भिस सेन्टर स्थापना गरिएको सर्भिस मेनेजर कुनाल गुरुङले बताए । ‘बजारमा सामसुङ मोबाइलको बिक्री निकै राम्रो छ,’ उनले भने, ‘बिक्री अनुसार र ग्राहकको विश्वास अनुसार नै हामीले सर्भिसलाई पनि व्यवस्थित गरेका छौं ।’

पहिला जनकपुरमा सर्भिस सेन्टर नहुँदा सेवाग्राहीहरुलाई एक हप्ता  भन्दा पनि बढी कुरेर अनि मात्रै आफ्नो मोवाइल पाउने गर्थियो तर अबदेखि सेवाग्राहीलाई २४ घण्टामा नै मोबाइल बनाएर दिने सामसुङ मोबाइलका रिजनल डिस्ट्रिब्यूटरका प्रमुख विशाल चौधरीले बताए । साथै यसबाट  सिरहा , धनुषा , महोत्तरी तथा आसपास क्षेत्रका ग्राहकले लाभ लिन सक्ने प्रमुख चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here