जनकपुरधाम , जेष्ठ १७ गते । जानकी मेडिकल कलेज जनकपुरका सञ्चालक समितिका अध्यक्ष ओमप्रकाश पाण्डे(ओपी पाण्डे)लाई जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।पाण्डेले विभिन्न व्यक्ति, संस्था र कर्मचारीहरुको तलब लगायतको लेनदेन बाँकी राखेकाले उनलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

‘कर्मचारीहरुको तलब वापतको लाखौ रुपैया महिनौदेखि दिएको छैन्’ जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत दिनेश साहले भने, विभिन्न निकायहरुबाट उजुरीहरु परेकाले पाण्डेलाई पक्राउ पुर्जी जारी गरिएकोछ । पाण्डेलाई पटक पटक कार्यालयमा उपस्थित हुन पत्राचार गरेपनि वेवास्ता गरेकाले पक्राउ पुर्जी जारी गरिएको उनले बताए ।

जेठ १५ गतेको मितिमा काटिएको पक्राउ पुर्जीमा एक दिन भित्र पाण्डेलाई उपस्थित गराउन भनिएको छ । लामो समयदेखि पाण्डेले कर्मचारी लगायतका बजारका व्यवसायीहरुको रकम भुक्तानी नगरी आलटालगर्दे आएका छन् ।कयौं पटक छलफलमा भुक्तानीको समय निर्धारण गरेपनि रकम दिएका छैनन् ।

मेडिकल कलेजका प्रिन्सिपल डा.हुकुमदेव साहले समेत तलबका लागि प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।कयौं नर्स र चिकित्सकहरुको उजुरी परेको छ । उनीहरुले तलब उपलब्ध गराएर कलेजबाटअवकास लिने माग उजुरी पत्रमा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here