नवलपरासी — पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दुम्कौलीमा बस र ट्रक ठाेक्किँदा २ महिलासहित ३ काे मृत्यु भएकाे छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-६५ वर्षकी कुमारी सुनारी र थर नखुलेकी जमुना रहेको प्रहरीले जनाएको छ । एकजनाको सनाखत भएको छैन ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

उनीहरुको चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पुर्‍याउँदा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीको भनाइ छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीररहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । महेन्द्र राजमार्गको हमाल चोक ना४ख ५२९५ नम्बरको यात्रु बस र एउटा ट्रक ठोक्किँदा दुर्घटना भएको हो । राजमार्गमा ठोक्किएका बस र ट्रक सडकबाट हटाएको छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here