जनकपुरधाम जेष्ठ २० गते । जनकपुर अञ्चल अस्पतालबाट दुई बिचौलिया पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिराहा नगरपालिका ११  घर भई हाल जनकपुर बस्दै आएका बिष्णुदेब कामतीको २५ वर्षीय छोरा संजय कामती र  धनुषाको जनकपुर उपमहानगरपालिका १० का गिर्जा यादवको  ३५ वर्षीय छोरा मनोज यादव रहेका छन् । 

पक्राउ परेका दुबै जना जनकपुर अञ्चल अस्पताल एरीयामा उपचारका लागि आउने बिरामीहरु तथा बिरामीका आफ्नतहरुलाई बाटोमा रोकेर जोर जबरजस्ति अन्यन्त्र किल्निकमा उपचारार्थ लग्ने बिचौलियाको काम गरिरहेका थिए ।

विशेष सुचनाको आधारमा जिल्ला जिल्ला प्रहरी कार्यलय धनुषाबाट खटेको प्रहरी टोलीले आइतबार दुवै जनालाइ पक्राउ गरेको छ । र यस विषयमा आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here