जनकपुरधाम । मिथिला सभ्यताको केन्द्र जनकपुरमा आफु जानकी जन्म महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको राष्ट्रपति बिद्या देवी भण्डारीले बताएका छन् । 

चूरे दोहन र शोषणबारे चिन्ता व्यक्त गर्दै रास्ट्रपति भण्डारी करिब १२ मिनट सम्बोधन गरेका थिए । जानकी नवमीका अवसरमा जनकपुर आएका भण्डारी जानकी मन्दिरमा पूजाअर्चना पश्चात अभिनन्दन समारोहलाई सम्बोधन गर्दै ज्योतिरेस्वर, महाकवि विद्यापति , विदेश राजा जनक, सीता, ऋषिमुनिहरुको ऐतिहाशिक नागरिको महत्व र गरिमाको बिषयमा बखान गरेका थिए । 

उनले चूरे संरक्षण, कृषिको उपज, प्रकृति साधन श्रोतलाई कसरी बचाउँन सकिन्छ त्यसबारे प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएका थिए । जानकी मन्दिरको बाहिरी प्राङगणमा सम्बोधन गर्दै प्रदेश सरकारले संचालन गरेको मुख्य मन्त्री ‘बेटी पढाउ बेटी बचाऊ’ योजनाको प्रशंसा समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here