गौर। रौतहट जिल्लाको कटहरीया नगरपालिकाको कटहरीया बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले कटहरीया बजारबाट नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।

खानतलासी गर्दा उक्त नक्कली नोटसहित दुई व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट १ हजारको नोट २०० थान बरामद गरेको छ । पक्राउ पर्नेमा कटहरीया नगरपालिका वडा नम्बर– ७ निवासी जियालाल महतो र मौलापुर नगरपालिका वडा नम्बर ७ निवासी बिहारी साह रहेका छन् । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेकोे ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक अनमोल खडकाले बताए ।

अघिल्लो समयमा नेपालमा नक्कली नोट बरामद हुने क्रम बढेको छ । यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतीय नक्कली नोटसहित चार जना पक्राउ परेका थिए ।नक्कली नोटको कारोबार नियन्त्रण प्रहरीको लागि पनि चुनौती बन्दै गएको छ । प्रहरीले रौतहट जिल्लाको सीमावर्ती क्षेत्रबाट नक्कली नोट बरामद गरेपछि कारोबारको तार छिमेकी राष्ट्र भारतसम्म पैmलिएको हुन सक्ने अनुमान लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here