काठमाडौं, जेठ २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बोल बम काँवरिया संघले नेपाल सरकार द्वारा राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सको शुक्रबार  उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ अर्घौतेश्वर, बाहुनधारामा एक कार्य्रक्रमका बीच उक्त एम्बुलेन्सको उद्दघाटन गरिएको हो।

 उक्त एम्बुलेन्स उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एबम प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापा  रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, समाज सेबी दीपकसिंह भण्डारी बोल बम बोल बम काँवरिया संघका छोटे लाल शाह,लगायत बोल बम काँवरिया संघका पदाधिकारी, बिभिन्न महिला संघका पदाधिकारी,र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता  बोल बम काँवरिया संघका अधय्क्षराम आज्ञा रोनियारले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्रि एबम प्रतिनिधि सभा सदस्य माननीय गगनकुमार थापा र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उक्त एम्बुलेन्सको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका थिए ।कार्यक्रममा उक्त एम्बुलेन्स खरिद  गर्न सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मान समेत गरिएको थियो।न्युनतम शुल्कमा उक्त एम्बुलेन्सले सेवा प्रदान गर्ने पनि उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा बिशेष आतिथिको रुपमा बोल्दै  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले एम्बुलेन्स  खरिद गरेको मा खुसि ब्यक्त गर्दै आयोजकलाइ धन्यबाद दिएका थिए। उनले श्रावण महिनामा  धेरै बोलबम मेलाको लागि गोकर्णेश्वर नगरपालिकामा आउने गरेको भन्दै त्यसले धार्मिक पर्यटन प्रवर्दनमा सहयोग पुर्याएको बताए। उनले गोकर्णेश्वर नगरपालिकामा बोलबम धाम निर्माणको लागि काम अघि बढेको समेत बताएका थिए ।उनले उक्त  एम्बुलेन्स खरिद  गरेर मात्र नहुने भन्दै त्यसलाई  व्यवस्थित रुपमा चलाउने मुख्य चुनौती रहेको बताए।  उनले गोकर्णेश्वर नगरपालिकालाइ धार्मिक सर्किटको रुपमा विकास गर्नको लागि आफुहरु लागि परेको समेत बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पुर्व स्वास्थ्य मन्त्री एबम प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाले आयोजकलाइ धन्यबाद दिदै एम्बुलेन्सले स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे। उनले आफु स्वास्थ्य मन्त्रि हुँदा आफुले उक्त एम्बुलेन्स खरिद को लागि समन्वय गरेको स्मरण गर्दै उक्त एम्बुलेन्सले गुणस्तरीय सेवा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेका थिए । उनले गोकर्णेश्वर नगरपालिकाआ बोल बम धाम निर्माण गर्न लागिएको थाहा पाउदा खुसि लागेको बताउदै आफ्नो तर्फ बाट सो धाम निर्माणको लागि के कस्तो समन्वय आवश्यक रहन्छ त्यसमा सहयोग गर्ने पनि बताएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै बोल बम काँवरिया संघका अध्यक्ष राम आज्ञा रोनियारले उपस्थित सबैलाई धन्यबाद दिदै स्वास्थ्यको क्षेत्रमा उक्त एम्बुलेन्सले प्रभावकारी भूमिका खेल्ने बिश्वास ब्यक्त गरे। गरिब आसहायलाइ न्युनतम शुल्कमा उक्त एम्बुलेन्स सेवा  प्रदान गरिने  भन्दै आर्थिक अवस्था कमजोर भएका हरुलाई नि शुल्क सेवा समेत प्रदान गर्ने बताए।  उनले उक्त एम्बुलेन्स खरिदको लागि सहयोग गर्ने सबैलाई धन्यबाद  समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here