काठमाडाैं । खुर्सानीका विभिन्न जातहरुमध्ये अकबरे निकै लोकप्रिय छ ।

अकबरे गोलो, लाम्चो र बास्नादार हुन्छ । अन्य खुर्सानीभन्दा अकबरे धेरै पिरो हुन्छ । सिजनमा यसको मूल्य किलोको तीनसय रुपैयाँभन्दा धेरै पर्छ ।

अकबरे खुर्सानीको खेति उच्च पहाड देखि तराइसम्म गर्न सकिन्छ । लोकप्रियताका दृष्टिले नेपालको नम्बर एक अकबरेलाई गमलामा पनि फलाउन सकिन्छ ।

गमलामा अकबरे रोप्न तथा फलाउन निकै मेहेनत र होसियारी अपनाउनुपर्छ । गमलामा माटो तयार गर्दा एक भाग जंगलको माटो, एक भाग पाकेको गोबर मल, एक भाग बलौटे र चिम्टाइलो माटो मिसाउनुपर्छ । माटो तयार भएपछि त्यसमा कम्पोस्ट मल, डिएपी, पोटास र कृषि चुन मिलाएर गमलामा भर्नुपर्छ ।

एउटा गमलामा एउटा अकबरेको बिरुवा मात्र लगाउनुपर्छ । गमलालाई घाम लाग्ने ठाँउमा राख्नुपर्छ । 

रोप्नासाथ पानी हाल्नुपर्छ । त्यसपछी केही दिनको फरकमा पानी हाल्नुपर्छ । अकबरे रोपिएको गमलामा पानी जम्न हुँदैन र धेरै पानी पनि हाल्न हुँदैन । सामान्य चिस्यान कायम राख्नुपर्छ ।

विरुवा बढ्दै जाँदा पहेंला र नचाहिने पातहरु हटाइदिनुपर्छ । तुसारोबाट जोगाउनुपर्छ । अकबरे रोपेको गमलालाई ओसिलो ठाँउमा राख्नु हँुुदैन । 

अकबरेको जरामा रोग तथा कीराले आक्रमण गर्न सक्छ । अकबरेको जरालाई कमिलाले आक्रमण गर्ने खतरा हुन्छ । कमिला लागेमा एक ग्राम चुना एक लिटर पानीमा हाल्ने । दैनिक सय मिलिलिटरको दरले तीन दिन जरामा हाल्नुपर्छ ।

पातमा कीरा लागेमा पनि चुना पानी छर्कन सकिन्छ । विरुवा रोपेको चार महिनापछि खुर्सानी फल्न थाल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here