बद्रीनाथ झा दोहा, कतार, २६ जेष्ठ । बिश्वकप रंगशाला बनाउने क्रममा १४ सय नेपाली कामदारको मृत्यु भएको छ ।
बिश्व कप २०२२ को लागि दोहा कतारमा निर्माण हुन लागेको रंगशालामा नेपालीहरुको भारी मात्रामा मृत्यु भएको छ ।


कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा ठुलो संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक समयमा सार्वजनिक हुदै आएको छ ।
जर्मनीको एक टेलिभिजनका अनुसार हालसम्म करिब १४ सय नेपाली कामदारको मृत्यु भएको छ।जर्मनीको डब्लुडिआर टेलिभिजनले एक डकुमेट्री मार्फत उक्त तथ्यांक सार्वजनिक अरब न्युजले गरेको छ ।
निर्माणको क्रममा हु ने दुर्घटनाका क्रममा प्रत्येक वर्ष १ सय ५० जनाको ज्यान जाने गरेको छ । डकुमेट्रीका अनुसार मृत्यु भएका नेपालीका परिवारले कुनै क्षतिपुर्ति समेत पाएका छैनन् ।

‘ट्रयाप्ड इन कतार’ नाम दिइएको उक्त अनुसन्धानात्मक डकुमेन्ट्री शुक्रबार सार्वजनिक गरिएको थियो । डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तु बिनै बस्नुपर्ने खुलासा गरिएको छ । कामदारहरुले स्टेडियम निर्माणका क्रममा भोगका दुःख हरु डकुमेन्ट्रीमा समावेश गरिएको छ ।

img

३ बर्ष कतारमा बसेर पत्रकारिता गरेका दिनेश रेग्मी भन्छन्, ’नेपालीहरुको अवस्था निकै दयनीय छ । न्युनतम ज्याला पनि दिइएको छैन् । आधारभुत आवश्यकताका कुराहरु समेत छैनन् । नेपाली कामदारहरु उद्धारका लागि नेपाली राजदुतावास दोहामा लामवद्ध देख्छु’ ।
केही नेपाली कामदारहरु साइटबाट खसेर मर्छन् भने केहीको गर्मी मौसमका कारण ज्यान जाने गरेको छ तर कतार सरकार भरपुर सहयोग आम प्रबाशीलाई गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here