भोजपुरी सुपरस्टार दिनेशलाल यादब (निरहुवा) र आम्रपाली दुवे धनुषाको महेन्द्रनगर आइपुगेका छन् । आयोजित क्षीरेश्वरनाथ साँस्कृतिक कार्यक्रममा सहभागी हुन महेन्द्र नगर उनीहरु आइपुगेका हुन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित नव निर्मानाधिन नगरपालिका भवन अगाडी आज शनिवार दिनको १२ बजेदेखि कार्यक्रम हुँदैछ । निरहुवा र आम्रपालीसँगै निशा दुबे, चाँदनी सिंह, अभिनेत्री जोया, गायिका राधा मोरिया लगायतका कलाकार पनि आइपुगेको आयोजकले जनाएको छ ।

कार्यक्रम प्रवेशका लागी ५ सय, १ हजार र १५ सय रुपैयाँको टिकट लिनुपर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here