एजेन्सी, २६ जेठ । सामान्य व्यक्तिहरु विभिन्न होटेलबाट रंगेहात पक्राउ पर्नु त सामान्य कुरा हो तर राष्ट्र प्रमुखकै कुनै सदस्य यहि मामलामा रंगेहात पक्राउ पर्नु एक आश्चर्यलाग्दो कुरा हो ।

करीव दुई बर्ष अघि मुश्लिम राष्ट्र कतारका राजकुमारीको जीवनमा यस्तो घटना घटेको थियो ।

कतारका पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी तथा कतारका राजाकी सौतेनी बहिनी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् ।

लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको थियो । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।

ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ । राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।

राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here