धनुषाधाम , जेष्ठ २७ गते : धनुषाको धनुषाधाम नगरपालिका धरापानी भिमान स्थित क्रेटिभ इस्कूलको प्राङ्गणमा आयोजित नेपाल मगर संघ धनुषाको तेस्रो जिल्ला अधिबेशनले गँग कुमारी बलमपाकीलाई सर्वसमतले चयन गरेको छ।

कार्यक्रम गंगा कुमारी बलम्पाकीको अध्यक्षता एवम् कमल पिट्ठा मगरको प्रमुख आथित्वामा सम्पन्न अधिबेशनले २१ सदस्यीय समिति चयन गरिएको छ। तेसैगरी बरिस्ठ उपाध्यक्षमा हेम बहादुर मगर,उपाध्यक्षमा बलराम क्यापछाकी मगर,सचिव दिल बहादुर पाछे मगर,सहसचिव चन्द्र पुलामी मगर,कोषाध्यक्षमा बाल कुमारी छापा मगर,सदस्यहरुमा लाल कुमार,सुन बिर,बिकेन्द्र,चन्द्र पाछे लगाईत २१सदस्य नव कार्यसमिति अधिबेशनले चयन गरेको छ ।

कार्यक्रममा बिशिस्ट अथितिमा लेख राम जर्गा मगर,अथितिहरुमा केन्द्रिय सदस्य राम कुमारी आले मगर,प्रदेश न.२ का प्रदेश अध्यक्ष एम बहादुर खपाङी मगर,प्रदेश मुख्य सचीव रुद्र बहादुर बुर्जा मगर,प्रदेश सचीव गंगा मगर ,लगाईत नेपाल खड्गी समाज,नेपाल भुजेल संघ,आदिवासी जनजातीहरुको उल्लेखनीय उपस्थितिमा अधिबेशन सम्पन्न गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here