काठमाडौं : ललितपुर प्रहरीले आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवलाई पक्राउ गरेको छ । पक्राउ परेका उपसचिवको नाम भने प्रहरीले खुलाएको छैन ।

 उनलाई सोमबार पक्राउ गरिएको हो । छोरी कक्षा १२ मा अध्ययनरत छिन् । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय ती उपसचिवले छोरीलाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई समेत जानकारी थियो ।

जेठ १९ गते आमाछोरीले नै घटना बाहिर ल्याएका थिए । उपसचिवलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको ललितपुर परिसरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here