वीरगन्ज २८ जेज । पूर्व सभासद एवं नेपाली काँग्रेसका प्रभावशाली नेता राजेन्द्र बहादुर अमात्यले वीरगंज महानगरले जनभावना विपरित लाद्न खोजेको अनावश्यक करको व्ययभारमा पुनर्विचार गरेर नसच्चिए नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनु भएको छ ।
वीरगंज महानगरपालिकाले कर वृद्धि गरेको विरुद्ध नेपाली काँग्रेस पर्साले आयोजना गरेको हस्ताक्षर अभियान कार्यक्रममा संचारकर्मीसँग बोल्नु हुँदै पूर्व सभासद अमात्यले सो कुरा बताउनु भएको हो ।

नेपाली काँग्रेस भगिनी संगठन, नेपाल महिला संघले वीरगंजको माइस्थान मन्दिर अगाडी हस्ताक्षर अभियान संचालन गरेको  कार्यक्रममा पूर्व सभासद एवं नेता अमात्यले वीरगंज महानगरपालिकाले जनभावना विपरित तेहरो कर लादेर जनतालाई अनावश्यक व्ययभारमा जकडेर जनताको शासनको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाउनु भयो । उहाँले करको दायरा फराकिलो पार्नु पर्नेमा सीमित श्रोत साधन र आर्थिक स्थितिका नागरिकमाथि अनावश्यक कर लाद्नु कुनै पनि दृष्टिकोणले उचित नभएकोले त्यसलाई सच्याउन नागरिकस्तरबाट दबाद दिने उद्देश्यले हस्ताक्षर अभियान संचालन गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here