अभिमनु कुमार पटेल, रौतहट, २९ जेष्ठ । माधव नारायण नगरपालिकामा नगर स्तरीय मेयर कप क्रिकेट सुरु भएको छ ।
माधवनारायण नगरपालिकाका वडा नं ६ स्थित माधोपुर टोलमा मेयर बिरेन्द्र प्रसाद यादवले आज नगर स्तरीय मेयर कप क्रिकेटको उद्धघाटन गरेका छन । मेयर बिरेन्द्र यादवले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । नगर स्तरीय क्रिकेट आजदेखि उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि स्थानीय तह लागि परेको बताउनु भयो ।
यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । खेल क्षेत्रलाई अघि वढाएर प्रतिस्पर्धी बनाउन हामी नगरबाट लागी परेको भन्दै उहाँले स्थानीय खेलाडीले प्रतिकूलताका बाबजुद् पनि खेलिरहेको बताउनुभयो ।
वडा नं ६ का वडाअध्यक्ष राजीव कुमार यादवले गरेको बलिङमा मेयर यादवले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा रौतहट जिल्लाका भरीका १६ वटा टिमले खेल खेलनका लागि भाग लिएको छ । खेल र खेलाडीका कारण राष्ट्रको नाम उच्च भइरहेकाले खेल क्षेत्रको विकाश हुनुपर्ने मेयर यादवले बताए । खेलकुदमा युवाहरूलाई प्रोत्साहन गर्न सकेमा स्वास्थ्यको साथै जागरुक समेत हुमे भएकोले युवाहरुको सामुहिकपना झल्काउने क्रिकेट खेलको लागि नगरको तर्फबाट सहयोग गर्ने मेयर यादवले बताए ।

Image may contain: 18 people, people smiling, people standing, sky, outdoor and nature


युवाहरु भेलिको नगर र देशको भबिष्य हुन त्यसैले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नु पर्छ । खेल क्षेत्रमा नगरको सधै साथ रहने भन्दै उनले आवश्यक परेका बेला खेलाडीका लागि सबै प्रकारको सहयोग विगतको दिनमा गरेको पनि छ अनि आउने दिनमा गर्न पछि नहटने उनले प्रतिबद्धता जनाए।

Image may contain: 2 people, people standing and outdoor


त्यस्तै माधव नारायण नगरपालिकाको वडा नं ६ का वडाअध्यक्ष राजीव कुमार यादवले आउने दिनमा नगरले राष्ट्रिय स्तरका मात्र नभइ अन्तर्रा्ष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गर्नेमा आफू ढुक्क रहेको बताए । स्थानीय सरकार भने यो नगरपालिकाले खेल र खेलाडीका लागि सधै सकारत्मक रहेको छ । आगामी दिनमा खेलमा लगानी गर्न नीतिगत रुपमा अगाडि बढने बताए ।
यस प्रकारका प्रतियोगिताले खेलाडी उत्पादन हुने र उनले स्थानीय सरकारलाई यस प्रकारका खेललाई प्रोत्साहन गर्दै अघि बढ्न सुझाव समेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here