गौर , जेष्ठ ३० गते । मोटर साइकलको पसलमा चोरी गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ! चोरीको घटनामा संलग्न रहेको एक जना भने फरार भएको छ ।

भारतको बिहार राज्य, जिल्ला मोतिहारी पुर्वी चम्पारण,थाना घोडासहन ग्राम घोडासहन वडा नं. १४ घर भई जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ बिपी चोक स्थितमा वर्ष ४८ को ललन साहले सञ्चालन गरेको विश्वकर्मा मोटरसाईकल वर्कशप पसलमा करीव २ लाख मूल्य बरावरको सामान चोरी गर्ने स्थानीय गौर नगरपालिका वड़ा नम्बर ३ मजकूटिया निवासी २२ वर्षीय निखिल पटेल पक्राउ परेको छ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जेष्ठ २४ गते रातिको समयमा पसल भएको घरको पछाडिबाट टाटी काटेर प्रवेश गरी सामान चोरी गरी लागेको संचालकले २५ गतेमा जानकारी गराए लगतै अनुसन्धान शुरू गरेको प्रहरीले ३ दिन भित्रमा सामान सहित चोरलाइ पक्राउ गर्न सफल भएको हो ।

वर्कसप भित्र रहेको चैनस्पोकेट , कलच प्लेट ,ब्रेक सोल ,मोबिलको कार्टुन र नगद रु १०,०००। लगायत अन्य मोटरसाईकलको बिभिन्न पार्टपुर्जाहरु समेत गरी रु १,९२,०००। (एक लाख बयानब्बे हजार मात्र) बराबरको समानहरु चोरी गरी लगेको अनुसन्धानबाट खुलेको हो । घटना संलग्न रही फरार भएका गौर नगरपालिका ३ बस्ने रितेश पटेललाइ फतुवा बिजय नगरपालिका वडा नं. १ बस्ने बर्ष २० को बिपिन यादव फरार खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निखिल पटेल व्यावसायिक चोर रहेको बुझिएको छ । यस अघि कुखुरा चोरी तथा नवालाक बच्चाको अपहरण गर्ने प्रयास समेत गरेका थिए । पटक पटक चोरी गर्दै आएका पटेललाइ निष्पक्ष रुपमा दवाव रहित अनुसन्धान गरी कÞानूनी सजाय दिलाउनु पर्ने जरुरी रहेको स्थानीयहरुको भनाइ रहेको छ ।

राजनितिक दलको दवावका कारण कानुनी सजायबाट उम्किने गरेको पटेलको चोरी आतंकको कारण स्थानियहरु त्रसित रहने गरेका छन । गौरमा बढेको मोटर साइकल चोरी , पसल चोरीमा नियन्त्रण गर्नलाइ प्रमाण सहित फेला परेका चोरलाई कड़ाईका साथ कार्यवाही नगरे सम्म यस्ता घटनामा कमी नआऊंन सकिने बुद्धिजीवीहरुको तर्क रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here