रौतहटको परोहा नगरपालिकाका मेयर शेख वकिल हुनुहुन्छ , उहा नेपाल नगरपालिका संघ प्रदेश २ का संयोजक पनि हुनुहुन्छ । रौतहट तथा प्रदेश २ का स्थानियतहमा भएका बिकास निमार्णका काम र जनप्रतिनिधीको भुमिकाको बिषयमा मेयर शेख वकिल सग गर्नु भएको कुराकानी :

तपाइको परोहा नगरपालिकामा बिकासका कस्ता योजनाहरु संचालनमा छन । के के लाइ प्राथमिकता दिनु भएको छ ?
बाटोघाटो, शैक्षिक सस्थाहरुको भौतिक पुर्वाधार, छात्राहरुलाय साइकल बितरण,सामुदायिक बिधालयका छात्रछात्राहरुलाइ निशुल्क पोशाक बितरण, उनीहरुलाइ खाजा कार्यक्रम, बिधालयको भौतिक पुर्वाधार निमार्ण, शिक्षक नियुक्ति जस्ता कामहरु भएका छन ।
परोहा नगरपालिकाले गौरवको योजना १२ किमी सडक बनाउदै छ रे नी ?
बिरेन्द्र राजमार्ग देखी जिगडवा, तेजापाकड, भोडीयाही हुदै भारतिय सिमा सम्म १२ किलोमिटर पिच सडक निमार्ण भैरहेको छ । लालबकैयामा पुल निमार्ण हुदैछ । २ बर्षमा निमार्ण सम्पन्न हुन्छ ।
अन्य भौतिक निमार्ण के के हुदैछन ?
सवै बाटोमा ग्रेभल गरेका छौ । ग्रेडर लगाएर सम्याउने काम भएको छ । नगरका सवै बाटो स्तरोन्नती भएका छन ।
स्वास्थ्यको अवस्था कस्तो छ ?
पहिले गाबिस हुदा ६ वटा स्वास्थ्य चौकी थिए । अहिले ३ वटा थप गरीएको छ । औषधीहरुको अभाव हुन दिइएको छैन । बिरामीहरुको चाप देखेर लौकाहामा सुबिधा सम्पन्न अस्पतालको निमार्ण हुदैछ । ३ करोडको लागतमा अस्पताल निमार्ण हुदैछ ।
अस्पतालले आउदो साउन देखी नै सेवा दिने तयारी गरीरहेको छ ।
सामाजीक सचेतना तर्फ के के गरीएको छ ?
बिभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु संचालन भएका छन । बेरोजगार युवायुवतीहरुलाइ लोकसेवा तयारी कक्षा संचालन भएका छन । सामाजीक बिकृती हटाउन चेतानमुलक कार्यक्रम गरीएको छ । धार्मिक सद्भाव कायम राख्न बिभिन्न सामाजीक सघसस्थाहरु संग समन्वय गरेर कार्यक्रमहरु गरीएका छन ।
वातावरणको संरक्षणमा कस्ता योजनाहरु अघि सारिएको छ ?
वातावरण संरक्षणका लागी गतबर्ष नै करीव ३ किलोमिटर बृक्षारोपण गरीएको थियो । यसबर्षमा नगरका सवै सडकको किनारमा बृक्षारोपण गर्ने योजना छ । फोहर व्यवस्थापनका लागी योजनाहरु अघि बढाइएको छ ।
जनप्रतिनिधीहरु प्रति जनताको गुनासो छ नी ?
वास्तवमा भन्ने हो भने, लोकतन्त्र आयो , संघियता आयो , तीनै तहको सरकार बनेको छ । नागरीकको इच्छा र आशा धेरै छन । जनप्रतिनिधीहरुले समग्ररुपमा हेर्दा जीम्मेवारी लिएकै छन । नकरात्मक रुपमा लिन मिल्दैन । बिकाशका काम भैरहेका छन । केही स्थानिय तहमा बिवादका कारण सोचेजस्तो कामहरु भएका छैैनन । संबिधानले जुन अधिकार दिएको छ त्यो अधिकारलाइ बचाउन जनप्रतिनिधीहरु पनि जिम्मेवार हुनु पर्दछ ।
जनप्रतिनिधीलाइ दिएको काम,कर्तव्य र अधिकार इमान्दारीताका साथ पुरा भएन भने जनतामा निराशा आउने र व्यवस्थाप्रति नै भोलीका दिनमा चिन्ता उब्जन सक्छ ।
भोलीका दिनमा जनप्रतिनीधीको पनि मुल्याकन हुनेहुदा जनताको इच्छा, आवश्यकता अनुसार नै योजनाहरु अगाडी ल्याउनु पर्छ ।
नागरीक र जनप्रतिनीधी बिचको समन्वय कस्तो हुनु पर्छ ?
दलका अगुवा , संघसस्थाका साथीहरुको भुमिका महत्वपुर्ण रहन्छ । समस्या आएमा छलफल गरी टुग्याउनु पर्दछ ।
धेरै तहमा प्रमुख उपप्रमुख बिच विवाद छ नी ?
जनप्रतिनिधी बिच विवाद हुदा बिकासको काम प्रभावित हुन सक्छ । सवै मिलेर बिकासको काम अगाडी बढाउनु पर्दछ ।
स्थानिय तहमा बिकासको गती कस्तो छ ?
विवादले बिकासका काम प्रभावित हुन सक्छन । केही स्थानियतहमा त्यस्तो अनुभुती भएको छ । जुन विषयमा बिवाद छ, त्यसलाइ छलफल गरेर मिलाएर अगाडी बढ्नु पर्दछ ।
रौतहटमा कुन क्षेत्रलाइ प्राथमिकता दिन जरुरी छ ? 
सवै भन्दा पहिले शिक्षामा जोड दिनुपर्छ । सचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्दछ ।
मैले आफ्नो नगरपालिकामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाइ प्राथमिकतामा राखेर योजनाहरु संचालन गरेको छु ।
नागरीकको भुमिका कस्तो हुन जरुरी छ ?

बिकासको कुरामा सकारात्मक सोच राख्नु पर्दछ । सकारात्मक सोच राखेर जनप्रतिनिधीहरु लाइ सहयोग र सुझाव दिनुपर्दछ ।
प्रतिपक्षले पनि काममा सहयोग गर्नुपर्छ । कमीकमजोरी भए सल्लाह सुझाव दिनु पर्दछ ।सभार कलमपाटी अनलाईनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here