काठमाडौं– नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले आयोजना गरेको “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री भट्टराईले युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह गरे । 

अन्तरक्रियाको मूख्य उद्देश्य पूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देखेका छन् भन्नेबारे थियो । नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्यहरु उल्लेख गरे ।

उनले भने, “अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देश भित्र पथ्र्यो ।  तर शाह तथा राणा शासन कालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।” 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here