जनकपुरधाम । राष्ट्रिय बिच कब्बडी प्रतियोगिता २०७६ को लागि प्रदेश २ स्तरीय खेलाडी छनौट गरिएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित जलाद खोलामा प्रतियोगिताको प्रदेश २ संयोजक राम केवल मुखियाको अध्यक्षतामा प्रदेश २ का विभिन्न जिल्लाबाट ६ जना खेलाडीलाई छनौट गरिएको छ ।

असार ६ र ७ गते नारायणगढ चितवनमा हुन लागेको राष्ट्रिय बिच कब्बडी प्रतियोगिताको लागि आज आयोजित छनौट खेलमा धनुषा, बारा, सप्तरी र महोत्तरीका खेलाडिहरुको सहभागिता रहेको थियो ।

उक्त छनौट प्रतियोगिताबाट धनुषाको कल्याण भुजेल, रोहित यादव, किशोर बुर्जा मगर, सप्तरीको महेश मण्डल, बाराको राहुल मण्डल र महोत्तरीको सुजन तमाङ्गलाई छनौट गरिएको छ ।

सो अवसरमा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादव, बारा जिल्ला कब्बडी संघका अध्यक्ष महेश गुप्ता, धनुषा जिल्ला कब्बडी संघका अध्यक्ष सरोज सिंह, राष्ट्रिय रेफ्री धीरेन्द्र यादव, योगेन्द्र यादव र भूपू वरिष्ठ कब्बडी प्रशिक्षक रामनारायण रायको उस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here