काठमाडौँ — असार ३ ।

पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी छन् ।

नेपाली चलचित्र ‘पासवर्ड’ मा दर्शकले उनलाई देख्न पाउने भएका हुन् । सो चलचित्रको एउटा गीतमा उनले आकर्षक नृत्य गरेकी छन् ।

तीन दिन अघि युट्युबमा सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियो ८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

सनी लियोनीले पनि उक्त म्युजिक भिडियो आफ्नो ट्वीटरमा सेयर गर्दै नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा आफूलाई गर्व लागेको बताएकी छन् ।

प्रकाशित स्रोत राज्य दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here