असार ५, २०७६

सर्लाही : सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । 

बिहीबार दिउँसो लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको छ भने अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here