काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिले सरकारबाट चार देशका लागि सिफारिस गरिएका राजदूतहरुको सुनुवाई प्रक्रिया शुरु गरेको छ ।

यसै अन्तरगत समितिले प्रस्तावित राजदूतहरु बिरुद्ध उजुरी तथा सूचना माग गर्दै सूचना प्रकाशित गरेको छ ।

चार राजदूतहरुको नियुक्ति उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार तथा सबुत प्रमाणसहित असार १४ गते कार्यालय समयभित्र समितिमा उजुरी दिन सकिने सूचनामा भनिएको छ ।

यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम, थर र वतन स्पष्ट रुपमा खुलाउनुपर्ने र चाहेमा सूचनादाताको नाम गोप्य राखिने पनि जनाइएको छ ।

सरकारले बंगलादेशका लागि वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई राजदूत पदमा सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here