ऋतिक रोशन र टाइगर श्राफको निर्माणाधीन फिल्मको बलिउडमा लामै समय चर्चा चल्यो। यशराज व्यानरले निर्माण गरिरहेको यो एक्सन थ्रिलर फिल्मको अहिले छायांकन चलिरहेको छ ।फिल्ममा ऋतिक र टाइगरका साथमा वाणी कपुरले अभिनय गर्दै छिन् । छायांकन सुरु भइसके पनि अहिले आएर यो फिल्ममा अर्की एक कलाकारको पनि प्रवेश भएको छ ।

समाचार अनुसार फिल्म पद्मावतबाट दर्शकसामु परिचित अभिनेत्री अनुप्रिया गोयन्का पटेलले रितिक र टाइगरसँग काम गर्ने भएकी हुन्। फिल्ममा अनुबन्ध भएपछि बलिउड हसिना अनुप्रिया गोयन्काले भनिन्, ‘म यो फिल्ममा जोडिन पाउँदा धेरै खुसी भएकी छु। ऋतिक र टाइगरजस्ता कलाकारसँग काम गरेर केही सिक्ने छु।’

अनुप्रियाले काम गरेको यशराज व्यानरको यो दोस्रो फिल्म हो। उनले यसअघि टाइगर जिन्दा हैमा काम गरेकी थिइन् ।केही दिन पहिले यो फिल्मको नाम जुराइसकिएको थियो। तर पछिल्लो समाचार अनुसार जुन टाइटल तय गरिएको थियो, अहिले त्यो स्थगित गरिएको छ। फिल्मको नाम ‘फाइटर’ तय भएको थियो । यशराज व्यानरले यो फिल्ममार्फत टाइगर र ऋतिक रोशनलाई पहिलो पटक मिलाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here