उदयपुर, असार ९ गते : उदयपुरको कटारी नगरपालिका-४ मरुवामा एक जना महिलाकाे घाँटी रेटेर हत्या गरिएकाे छ । आज दिउँसो करिब १२:४० बजेको समयमा ती महिला लाइ घाँटी रेटेर हत्या गरिएको छ भने हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानसंग छुट्टीएर बस्दै आएकी ३० बर्षीया सीता राईले सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको खुल्न आएको छ ।हत्या भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपीत सीता राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here