मुम्बई , असार ९ गते : पाण्डेले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहन्छिन् । उनले तस्वीर र भिडियो शेयर गरेर फ्यानको दिल जितेकी हुन्छिन् ।

हालै अनन्याले आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा उनी झनै सुन्दर देखिएकी छिन् ।

अनन्याले पहेँलो पोशाकमा सजिएर लाइट मेकअपका साथ तस्वीर शेयर गरेकी छिन् । दुई तस्वीरमा फरक पोजमा उनी सोफामाथि बसेको देख्न सकिन्छ । उनले दुई तस्वीरको कोलाज बनाएकी छिन् । यो तस्वीरलाई फ्यानले खुबै रुचाएका छन् ।

फिल्मको कुरा गर्ने हो भने अनन्या छिट्टै नै कार्तिक आर्यनसँग फिल्म ‘पति पत्नी और वो’ को रिमेकमा देखिँदैछिन् । यो फिल्ममा भूमि पेडनेकर पनि देखिनेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here